मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडौं
२०७५ पौष ४ बुधबार ०८:४१:००
Read Time : < 1 मिनेट
सप्तरंग

मनीषाको पुस्तक अब  नेपालीमा 

Read Time : < 1 मिनेट
काठमाडौं
२०७५ पौष ४ बुधबार ०८:४१:००

९० को दशककी नेपाली मूलकी चर्चित बलिउड हिरोइन मनीषा कोइराला क्यान्सरका कारण लामो समय थला परिन् । पछि क्यान्सरलाई जितिन् । उनले त्यो समयको अनुभवलाई सँगालेर उनले किताब लेखेकी छिन्, ‘हिल्ड’ । 

भारतमा अंग्रेजी भाषामा आइसकेको यो किताब अब नेपाली भाषामा पनि आउने भएको छ । काठमाडौंमा भएको कार्यक्रममा बोल्दै मनीषाले क्यान्सर लागेपछि आफूले धेरै कुरा बुझेको बताइन् । यो अति नै दुःखदायी घटना भएको र त्यसलाई सबैसँग बाँड्न आवश्यक रहेकाले किताब लेखेको बताइन् ।

उनले भनिन्, ‘जीवनमा त्यो घटना घटेपछि भावनात्मक रूपमा कति विचलित भएँ, कहाँ–कहाँ पुगेर सञ्चो भएर आएँ, त्यसबारेमा मैले यो किताब लेखेको हुँ ।’ 

किताबमा जीवनमा भएको परिवर्तन, क्यान्सरबाट गुज्रेपछिको अनुभवलगायत घटनालाई समेटेको बताइन् । उनले भनिन्, ‘तर, यो किताब पूरा जीवन होइन, जीवनको एउटा अंश हो ।’ जीवनका अन्य कुरासँग जोड्दामा खास अर्थपूर्ण नहुने उनको धारणा थियो । 

उनको पुस्तक पेन्गुइन प्रकाशनले बजारमा ल्याएको हो । सो पुस्तकलाई नेपालीमा भने फाइनप्रिन्टले प्रकाशन गर्ने भएको छ । सो पुस्तकको नेपाली संस्करण पोखरामा हुने लिट्रेचर फेस्टिभलमा सार्वजनिक हुनेछ ।