१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर १७ बुधबार ०८:५२:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बारेकोटले दियो सुत्केरीलाई न्यानो झोला

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार ०८:५२:००

बारेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुनेलाई न्यानो झोला वितरण गर्न थालेको छ । गाउँपालिकाले न्यानो झोलासँगै विभिन्न स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराउन थालेको छ ।

चालू आर्थिक वर्षमा चार सय ३० सुत्केरीलाई उक्त सामग्री वितरण गर्ने लक्ष्य रहेको स्वास्थ्यकर्मी कल्पना रोकायले जानकारी दिइन् । सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रममार्फत ती सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य सेवा प्रवाहका दृष्टिले जिल्लामा कहलिएको बारेकोट गाउँपालिकाले अहिलेसम्म दुई सयभन्दा बढी महिलालाई सेवा दिइसकेको छ । 

केही समयअघि गर्भबाट आमालाई चिठीजस्ता कार्यक्रम सञ्चालन गरेर गाउँपालिकाले स्थानीयलाई स्वास्थ्य जानकारी गराउने गरेको थियो । बारेकोटले उपचार नपाएर कसैको पनि अकालमै मृत्यु नहोस् भन्ने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए । त्यस्तै, बहुक्षेत्रीय पोषण कार्यक्रमले समेत यहाँका सुत्केरीलाई सहयोग गरेको छ । स्वास्थ्यसम्बन्धी जानकारीका साथै सचेतना जगाएर अकालमै हुने मृत्यु रोक्न अभियान चलाएको सिंहले बताए ।