Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार १६:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : कोरोना संक्रमणबाट २१ को निधन, थपिए १३ सय नयाँ संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार १६:१७:००

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित २१ जनाको निधन भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ जना थप नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाउनुपरेको हो ।

योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय २९ जना पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घन्टामा १३ सय चार नयाँ कोरोना संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार योसँगै देभर हालसम्म कुल कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार चार सय ५२ पुगेको छ । 

त्यसैगरी पछिल्लो २४ घन्टामा दुई हजार ७३ जना कोरोना संक्रमणबाट मुक्त हुन सफल भएका छन् ।

हालसम्म दुई लाख १६ हजार पाँच सय ९४ जनाले कोरोनामाथि विजय पाउन सफल भएका छन् ।