Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ मङ्सिर १६ मंगलबार १४:५६:००
Read Time : < 1 मिनेट
फिचर

बेलायतको ठूलो रिटेलर कम्पनी अकेडियाद्वारा टाट पल्टिएको घोषणा, १८ हजार कर्मचारी अन्योलमा 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १६ मंगलबार १४:५६:००

बेलायतको रिटेलर कम्पनीमध्येको ठूलो अकेडियाले टाट पल्टिएको घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण व्यापार ठप्प हुँदा टाट पल्टिएको कम्पनीले जनाएको छ । 

यससँगै कम्पनीले आवश्यक सुरक्षाको खोजी गर्दै प्रशासनमा निवेदन दिएको छ । अकेडिया बेलायतकै ठूलो रिटेलर हो, जोसँग टपसप, मिस सेल्फ्रिज, डोरोथी पर्किन्सजस्ता अरू ठूला कम्पनीको स्वामित्व रहेको छ । कम्पनी टाट पल्टिएसँगै मालिक घनाढ्य फिलिप ग्रिनका लागि यो साता समस्याग्रस्त हुने सञ्चारमाध्यमहरूको भनाइ छ । विभिन्न ठाउँका पसल बन्द गरेर कम्पनी जोगाउने योजना पनि अघि सारेको छ । सो  योजना सफल बनाउन उनलाई लगानीकर्ताहरूमध्ये ७५ प्रतिशतले स्वीकृति दिनुपर्नेछ ।

द गार्डियनका अनुसार कम्पनी टाट पल्टिएसँगै १८ हजार कर्मचारीको जागिर धरापमा परेको छ । कम्पनीले देशभित्र र बाहिर गरी पाँच सय ७० पसल सञ्चालन गरेको छ । नयाँ योजनाअनुसार ७५ प्रतिशत लगानीकर्ताले अनुमति दिएको अवस्थामा कम्पनीले आफ्नो २३ वटा स्टोर बन्द गर्न सक्छ । यसबाट कम्पनीले ७० प्रतिशत भाडा घटाउनेछ । बेलायतमा मात्रै कम्पनीले थप २५ स्टोर बन्द गर्ने तयारी गरेको छ । यसका लागि लगानीकर्ताबीच बुधबार मतदात हुने भएको छ ।

यद्यपि, कम्पनीको भविष्य मालिक ग्रिनको भविष्यसँगै जोडिएको छ । यो साता ग्रिनले अरू धेरै अवरोधको पनि सामना गर्नेछन् । एक फिटनेस ट्रेनरले ग्रिनमाथि आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यससम्बन्धी मुद्दा दायर भएको छ । यदि दोषी ठहर भएको अवस्थामा उनी करिब एक महिनाका लागि जेल जान सक्छन् ।