१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ मङ्सिर १६ मंगलबार १०:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ मङ्सिर १६ मंगलबार १०:१८:००

अछाम जिल्ला अस्पताल मंगलसैनमा अत्यधिक रक्तश्रावका कारणले एक सुत्केरी महिलाको ज्यान गएको छ । तुर्माखाँद गाउँपालिका– ४ का ३८ वर्षीया नामसरा कामीको सुत्केरी भएर अत्यधिक रक्तश्राव हुँदा सोमबार राति मृत्यु भएको हो । 

सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेपछि सोमबार बेलुका जिल्ला अस्पतालमा ल्याएको र सोमबार राति १२ बजे नामसराको मृत्यु भएको जिल्ला अस्पताल अछामका निमिक्त प्रमुख डा. अतुल भारद्वाजले बताए । 

जिल्ला अस्पताल अछामका अनुसार नामसरा छैटौँपटक आमा बन्न लागेकी थिइन् । अस्पतालमा रगतको अभाव हुँदा नामसराको मृत्यु भएको रगतको व्यवस्थापन गर्न नसकिएको डा. भारद्वाजले बताए । शिशुको पेटमा नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ ।