मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकले सुरु गर्‍यो कर्पोरेट–पे प्रणाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार ०६:१०:००

सानिमा बैंक लिमिटेडले आफ्ना व्यावसायिक ग्राहकहरूका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट–पे प्रणाली सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउसले प्रवद्र्धन गरेको कर्पोरेट–पे सोलुसनमार्फत पहिलोपटक विद्युतीय माध्यमबाट भुक्तानी हुने प्रणाली सुरु गरेको हो । 

बैंकले आफ्ना व्यावसायिक ग्राहकलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणालीमार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू बैंक खाताबाट सजिलै गर्न सक्ने जनाइएको छ । उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस अथवा एनसिएचएल–आइपिएसमा रियल टाइम वा नन–रियल टाइममा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । 

कर्पोरेट–पेमा आबद्ध हुनका लागि व्यावसायिक ग्राहकले आवश्यक प्रक्रिया पूरा गरी आफैँले तोकेको कारोबार सीमाभित्र कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताविना नै गर्न सक्ने बैंकले जनाएको छ । यस प्रणालीमा मल्टी लेयर अथेन्टिकेसनको सुरक्षा व्यवस्था गरिएको जनाइएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने बैंकले जनाएको छ । 

बैंकले सातै प्रदेशमा ८३ शाखा, १६ विस्तारित काउन्टर र ८१ एटिएममार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ ।