१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
सञ्जयकुमार सिंह
२०७७ मङ्सिर १६ मंगलबार ०८:२६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मोदी कति लाचार छन् है !

Read Time : > 2 मिनेट
सञ्जयकुमार सिंह
२०७७ मङ्सिर १६ मंगलबार ०८:२६:००

प्रचारबाट गोरोपन बढाउने क्रिम बेच्न सकिन्छ भने प्रचारबाट त्यस्तो नेताको निर्माण पनि गर्न सकिन्छ, जसको कुनै विकल्प छैन

प्रधानमन्त्री नरेन्द्र मोदीका चारवटा ठूला र अनौठा काममा एउटा समानता छ । पहिलो समानता त सबैलाई थाहा नै छ– यसले देश र जनताको कुनै भलो गर्न सकेन । त्यसैले जनताले विरोध पनि गरे । तर, एउटा नयाँ समानता के देखिएको छ भने प्रधानमन्त्रीले प्रत्येकपटक भनिरहेका छन्– विपक्षले जनतालाई भ्रमित गरिदिन्छ । यस्तो पटक–पटक हुने गर्छ र प्रधानमन्त्रीले त्यसको सामना गर्न सक्दैनन् । तर, कसैले पनि उनको योग्यता, कार्यक्षमता र निर्णय क्षमतामा प्रश्न उठाउन सक्दैन । एकपटक गल्ती हुनु स्वाभाविक हो, तर प्रत्येकपटक उनले त्यस्तो कुनै विवादास्पद निर्णय गर्छन्, जसबाट के लाभ हुने हो भन्ने कसैलाई थाहा हुँदैन । अनि विरोध गर्नेहरूलाई विपक्षले भड्काइदिन्छ । त्यसपछि उनले त्यसलाई स्पष्ट पार्छन् र उनको देशभक्ति पूरा हुन्छ । नयाँ कृषि विधेयकको हकमा पनि यस्तै भएको हो । नोटबन्दी र जिएसटीको मामिलामा पनि यही भएको थियो ।

१८ सेप्टेम्बर २०२० को द हिन्दूको एउटा समाचारको शीर्षक थियो, कृषि विधेयकका बारेमा किसानलाई भ्रमित गरिँदै छ । प्रधानमन्त्री विहार विधानसभाको निर्वाचनको तयारीका क्रममा कोसी रेल मेगा ब्रिजको डिजिटल उद्घाटनका क्रममा बोल्दै थिए । त्यसो त फुटाऊ र राज गर भन्ने उनको पुरानै शैली हो । यो मुख्य समाचारपछि अर्को समाचार पनि प्रकाशित भयो, त्यसमा भनिएको थियो– प्रधानमन्त्रीले भाजपा कार्यकर्तालाई कृषि विधेयकबारे कृषकलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकतामा जोड दिए । यो समाचार २५ सेप्टेम्बरको थियो ।

प्रधानमन्त्री जे गर्न चाहन्छन्, मानिसले त्यसको कति सफलतापूर्वक विरोध गर्छन् । तर पनि केही हुँदैन र विरोधी नै बदनाम हुन पुग्छन् । प्रधानमन्त्रीको लाचारी कुनै मुद्दा नै बन्दैन । उनको राम्रो काम पनि त्यसरी नै लुप्त हुन पुग्छ, जसरी गधाको टाउकोबाट सिंह ।

यति हुँदाहुँदै पनि किसानको विरोध नोभेम्बरको आन्तिम दिनसम्म पनि जारी छ र यसमा युपी, विहारका किसानको अनुपस्थिति छ । अर्थात्, यसबीच पञ्जाबका किसानलाई प्रशिक्षित गर्ने काम भएन होला । कृषिको मामिलामा खास विहार र पञ्जाबका किसानबीच त्यति नै भिन्नता छ, जति शिक्षाको मामिलामा विहार र केरलका बीच भिन्नता छ । तर, यति वेला प्रमुख मुद्दा यो हुँदै होइन । मैले सत्यको उद्घाटन गरिरहेको छैन । बरु मैले त के भन्न खोजेको हो भने हाम्रा प्रधानमन्त्री कति लाचार छन् । प्रधानमन्त्रीले जे गर्न चाहन्छन्, मानिसले त्यसको कति सफलतापूर्वक विरोध गर्छन् । तर, पनि केही हुँदैन र विरोधी नै बदनाम हुन पुग्छन् । प्रधानमन्त्रीको लाचारी कुनै मुद्दा नै बन्दैन । उनको राम्रो काम पनि त्यसरी नै लुप्त हुन पुग्छ, जसरी गधाको टाउकोबाट सिंह ।

मेरो के विश्वास हो भने यो सबै ओढिएको अथवा किनिएको लोकप्रियताको परिणाम हो । वास्तवमा यो सबै एउटा डिजाइनअन्तर्गत गरिएको हो । विपक्षमाथि आरोप लगाउन सजिलो छ । विपक्ष आरोप लगाउनका लागि मात्र अस्तित्वमा हुँदैन । र, लोकतन्त्रमा बहुमत पाउनुको अर्थ यो कदापि होइन कि विपक्षको कुनै सुनवाइ नै गर्न नपरोस् । तर, सबैको आफ्नो नीति र राजनीति हुन्छ । समग्र राजनीति हामीले हेरिरहेका छौँ । यो रणनीति जिएसटी लागू गर्ने ताकाबाट डिजाइन गरिएको हो । तपाईंलाई थाहा छ कि सत्तामा आउनुअघि प्रधानमन्त्री मोदी यसको विरोध गरिरहेका थिए, तर सत्तामा पाइला चालेसँगै विनाकुनै तयारी उनले जिएसटी लागू गरिदिए । यसबाट कसलाई फाइदा भयो भन्ने मैले अझैसम्म बुझ्न सकेको छैन ।

जिएसटी भाजपाले यु–टर्न लिने पहिलो मामिला थियो । त्यति वेला यस आशयका निकै समाचार छापिएका थिए कि जिएसटीको मामिलामा विपक्षले जनतालाई भ्रमित गरिरहेको छ । तपाईंलाई थाहा होला राहुल गान्धीले चौकीदार नै चोर हो भन्ने नारा दिएका थिए र यसको विरोध गर्नका लागि सेनाका जनरलदेखि कार्यकर्तासम्मलाई प्रचारक चौकीदार बनाइएको थियो । सन् २०१९ मा निर्वाचन जितेपछि राहुलको आरोपलाई सोझै खारेज गरियो । यिनै चौकीदार सत्तामा रहँदा–रहँदै चीनबाट सुरु भएको कोरोना देशभरि फैलियो, तर यो कतैको पनि मुद्दा बन्न सकेन ।

त्यसपछि प्रधानमन्त्रीको सबैभन्दा ठूलो कदम थियो– नोटबन्दी । उनले यसलाई आफ्नो साहसका रूपमा प्रस्तुत गरे र केसम्म भन्न भ्याए भने इन्दिरा गान्धीले त नोटबन्दी गर्न सकेकी थिइनन्, मैले गरेर देखाएँ । त्यति वेला पनि विपक्षले जनतालाई भ्रमित गरिरहेको छ भनिन्थ्यो र आज पनि त्यही भनिँदै छ । आरोपजति अर्काको टाउकोमा थोपर्ने पुरानै शैली नै अपनाइयो, जुन सिएएको मामिलासम्म जारी रह्यो । प्रचारबाट गोरोपन बढाउने क्रिम बेच्न सकिन्छ भने प्रचारबाट त्यस्तो नेताको निर्माण पनि त गर्न सकिन्छ, जसको कुनै विकल्प नै छैन । अब त्यस्तो मान्छे देश र पार्टीका लागि कति उपयुक्त हुन्छ, त्यो प्रचार र प्रचारकको मुद्दा होइन।

 (लेखक सिंह भारतका वरिष्ठ पत्रकार र प्रसिद्ध अनुवादक हुन्)
मिडिया भिजिलबाट