मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी कोलोम्बो
२०७७ मङ्सिर १५ सोमबार १४:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोनाका कारण जेलमा दंगा : आठ कैदीको मृत्यु, ४५ सुरक्षाकर्मी घाइते 

Read Time : < 1 मिनेट
एजेन्सी कोलोम्बो
२०७७ मङ्सिर १५ सोमबार १४:३४:००

श्रीलंकाको राजधानीमा कोलम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दंगामा परी आठ व्यक्तिको मृत्यु भएको छ । 

यस दंगामा मारिएका सबै व्यक्ति कैदी नै भएका सिन्ह्वा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दंगामा परेर अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरूमा सुरक्षाकर्मी पनि रहेका छन् । 

कारागारमा कोरोनाको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए । राजधानी कोलम्बोस्थित बेलिकाडा जेलका बन्दीहरूले छानामा चढेर आफूहरूलाई धरौटीमा छोडियोस् भन्दै प्रदर्शन गरेका हुन् । 

बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भएको भडपमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका बताइएको छ । श्रीलंकाको जेलहरूमा अहिलेसम्म करिब १,००० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारमा रहेका बन्दीहरूले सुरु गरेको दंगा अनियन्त्रित भएपछि नियन्त्रणमा लिनको लागि बल प्रयोग गर्नुपरेको प्रहरी प्रवक्ता अजित रोहना बताए । 

सो दंगामा घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले जानकारी दिए । कारागारमा सुरक्षा बढाउन विशेष तालिमप्राप्त कमान्डोहरूको टोली झिकाइएको पनि रोहनाले बताए ।  

श्रीलंकामा कोरोना संक्रमण सुरु भएयता २३ हजार चार सयभन्दा बढीमा संक्रमण देखिएको छ । संक्रमणबाट एक सय १६ जनाको मृत्यु भइसकेको छ ।

तस्बिर : बिबिसीबाट