मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
ख्याम भुजेल इलाम
२०७७ मङ्सिर १५ सोमबार १३:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेता खनालकाे प्रश्न- को छ नेकपालाई फुटाउने मान्छे ?

Read Time : > 1 मिनेट
ख्याम भुजेल इलाम
२०७७ मङ्सिर १५ सोमबार १३:४६:००

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको विभाजन नहुने दाबी गरेका छन् । 

इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा आयोजित १५ शय्याको अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै खनालले नेकपा स्पातले बनेको पार्टी भएकाले कसैले नेकपालाई फुटाउन नसक्ने बताएका हुुन् । 

‘नेकपा फुट्दैन, टुट्दैन यो स्पातले बनेको पार्टी हो’, खनालले भने, ‘यसलाई कसैले पनि फुटाउन सक्दैन, को छ नेकपालाई फुटाउने मान्छे ?, कुन नीति, कुन कानुनले फुटाउन सक्छ ?’ 

उनले नेकपालाई संविधान र कानुन बमोजिम पनि फुटाउन सक्नुपर्ने बताएका छन् । उनले संविधान र कानुनहरुले पार्टीलाई फुटाउन नदिने भएकाले आफुहरु पार्टीलाई फुटाउन दिने पक्षमा नभएको नेता खनालले बताएका छन् ।  

‘पार्टीलाई बहस र छलफलको माध्यमबाट अझ बलियो बनाउने पक्षमा छौ, बहस छलफलबाट आत्तिनुपर्ने कुरा छैन’, खनालले भने,‘बहसबाट नेकपा रुपान्तरण हुँदै जान्छ, अहिले रुपान्तरणको अन्तरिम फेजबाट गुज्रीरहेका छौ ।’ 

नेकपामा देखिएको बहसबाट कोही पनि खुशी हुनुनपर्ने बताए । ‘नेकपा फुटिदिन्छ कि, अनि मैले चाही ठूलो भाग खान पाउँछु कि, म रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ’, खनालले भने,‘अहिलेदेखि कसैले रोटी बेल्दैछ भने बिचरा तपाईले त्यो रोटी सेकाउने ठाउँ पाउनु हुन्न ।’ 

खनाले पार्टी भित्र अन्तरसंघर्ष भएका कारण बहसमा भएको बताए । उनले देश पार्टी र सरकारलाई कसरी सम्बृद्ध बनाउने भन्ने विवाद रहेको बताए । 

सरकारलाई कसरी अझ बढि लोकप्रिय बनाउने रोम्रो राम्रो नीति कार्यक्रम कसरी कार्यान्वयन गर्ने भन्नेमा बहस भइरहेको बताए ।

नेता खनालले पार्टीलाई चलाउँदा बिधि र पद्धती पुर्वक कसरी चलाउने, पार्टीलाई कसरी सम्बृद्ध र सुसस्कृत पार्टी बनाउने अभियान पार्टी भित्र चलिरहेको र त्यही शिलशिलामा पार्टीका नेताहरुका बीचमा भिन्नताहरु देखा परेको खनाल बताउँछन् ।

‘कतिपय नेताहरुका बीचमा भिन्नताहरु देखा परेको छन्, मतमा, सोचमा, दृष्टिकोणमा, कार्यशैलीमा पद्धतिमा भिन्नताहरु छन्’, खनालले भने,‘त्यसले गर्दा अहिले बहस भएको छ ।’     

सरकारले देशभरका सवै स्थानीय तहमा पाँच देखि १५ शैयाको अस्पताल निर्माणलाई अभियानकै रुपमा अघि बढाएपनि यो काम केही दिलो भएको खनालको प्रतिक्रिया छ। 

‘कोरोना महामारी सुरु भएको दश महिना वितिसक्दा प्रत्येक स्थानीय तहमा अस्पतालहरु बनाउने अभियान शुरु भएको छ’, खनालले भने,‘सरकारले सुरुमा कोरोना महामारीले अति प्रभाव पार्न सक्ला भनेर अनुमान गर्न सकेन त्यसैले यो काममा केही ढिलाई भएको छ ।’