१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ मङ्सिर १५ सोमबार १२:३६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच दिनदेखि बेपत्ता १७ वर्षीय किशोरकाे घरनजिकै शव फेला, अपहरणपछि हत्या भएको आशंका

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ मङ्सिर १५ सोमबार १२:३६:००

सुनसरीको दुहबीमा एक १७ वर्षीय किशोरको रहस्मय मृत्यु भएको छ ।   

सुनसरीको दुहबी नगरपालिका–३ भीरगाउँ घर भएका सुजन चौधरी घर नजिकै सोमबार बिहान मृत फेला परेका छन् ।

सुजनको शव शुभलक्ष्मी खाद्य उद्योग पछाडि सोमबार बिहान शव फेला परेको हो । आज बिहान करिब ५ः३० बजेतिर शौच गर्न जानेहरुले उनको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए ।  

नेपाल टेलिकम क्षेत्रीय कार्यालय विराटनगरमा कार्यरत अधिकृत सुरेन्द्रनारयण चौधरीका एक मात्र छोरा सुजन साथीको घरमा जान्छु भनेर हिडेका उनी १० मंसिरदेखि बेपत्ता भएका थिए । 

छोरा घर नर्फिएपछि खोजतलासका लागि परिवारले इलाका प्रहरी दुहबीमा १२ मंसिरमा हुलियासहित उजुरी पनि दिएका थिए ।

प्रहरीमा उजुरी दिएको चारदिनपछि सालो सुरेन्द्रको शव फेला परेको भिनाजु हुलासचन्द्र चौधरीले बताए ।  

मोबाइलमा सम्पर्क गर्दा ‘सुरज हाम्रो कब्जामा छ’ भनेर अज्ञात व्यक्त्तिले भन्ने गरेको तर कसैले फिरौती नमागेको परिवारले प्रहरीलाई जानकारी गराएका छन् । फिरौती नमागेको तर मृतकको शरीरमा चोटपटक भएकोले कसैले पुरानो रिसइबीको बदला लिन अपहरण गरेर हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । 

मृत अवस्थामा फेला परेका सुजन सुनसरीको इटहरीस्थित गोदावरी कलेजमा कक्षा १२ मा अध्ययरत थिए । 

सुरजको कसैले अपहरण गरेर हत्या गरेको हुनसक्ने परिवारको आशंका छ । प्रहरीले भने घटना रहस्यम भएकोले गहन अनुसन्धान भइरहेको जनाएको छ । 

सुनसरी प्रहरी प्रमुख एसपी कमला थापाका अनुसार घटनाको अनुसन्धान प्रदेश १ प्रहरीको विशेष अनुसन्धान ब्युरो र सुनसरी प्रहरीले संयुक्त्त रुपमा गरिरहेको छ । 

उनका अनुसार प्रहरीले एकजना स्थानीय युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।प्रहरीले घटनास्थलबाट मृतक सुरजको मोबाइल र अन्य समानहरु पनि बरामद गरेको ५ । शव पोष्टमार्टका लागि धरानस्थित विपी प्रतिष्ठान धरानमा पठाइएको छ ।