मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १५ सोमबार ०८:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थमन्त्रीले निर्वाचन क्षेत्रको बजेट स्वास्थ्य क्षेत्रमा छुट्याए

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १५ सोमबार ०८:०५:००

अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं. २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याएका छन् । अर्थमन्त्रीले निर्वाचन क्षेत्र विकास तथा सांसद विकास कोषका नामले समेत परिचित यस कार्यक्रमअन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्याएका हुन् । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार निर्वाचन क्षेत्र नं. २, रुपन्देहीका संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठकले योजना तथा कार्यक्रमहरू छनोट गरेको हो । 

जसअन्तर्गत शंकरनगर स्वास्थ्यचौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रम तिलोत्तमा नगरपालिका वडा नं. २, रुपन्देहीका लागि १ करोड र पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम सैनामैना नगरपालिका वडा नं. १, रुपन्देहीका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।

यस्तै, लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालन, बुटवल उपमहानगरपालिका वडा नं. ९, रुपन्देहीका लागि ५० लाख र सहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नं. १२, रुपन्देहीका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको उनले बताए । पाण्डेका अनुसार स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत गत वर्षको सबै रकम शिक्षा क्षेत्रमा विनियोजन गरिएको थियो ।