मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार ०९:१५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १५ सोमबार ०९:१५:००

स्व.पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रावृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ । यात्रा स्मरणमा युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा श्रेष्ठले प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरू समेटिएका छन् ।

कामना न्युज पब्लिकेसन्स प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौँ प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

नेपाली पत्रकारिताको संस्थागत विकासमा देखिएका उतार–चढाव र भित्री सन्दर्भहरू बुझ्नका लागि पनि ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पढ्नैपर्ने स्रोत सामग्री बन्ने पब्लिकेसन्सले जनाएको छ । पुस्तकमा नेपाली राजनीतिलाई चिरफार गरिएको छ भने विदेशका अभ्यासलाई पुस्तकमा रोचक ढंगले समेटिएका छन् । 

नेपालको अवस्था बुझ्न ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ निकै सहयोगी स्रोत सामग्री हुने पब्लिकेसन्सले अपेक्षा गरेको छ । पित्तथैलीमा पत्थर जमेर १० वर्षसम्म दुःख पाइरहँदा पनि श्रेष्ठलाई नेपालका डाक्टरले ग्यास्ट्रिक भन्दै औषधि खुवाइरहेको, फुटबल खेल्दा खुट्टा नै बांगो हुने गरी घुँडामा समस्या हुँदासमेत ३५ वर्षअघि मर्केको खुट्टामा ब्यान्डेज मात्र लगाइदिएर वीर अस्पतालबाट डिस्चार्ज गरिएको, परिणामस्वरूप खेलजीवनबाट सन्न्यास लिन बाध्य हुनुपरेको जस्ता सन्दर्भ पुस्तकमा समेटिएको छ ।

पुस्तकमा सञ्चारविद् प्रा.पी खरेल, डा.सुन्दरमणि दीक्षित, पूर्वप्रधानसेनापति रुक्मांगद कटवाललगायतले पुस्तकबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् । ४ वैशाख २०७६ मा श्रेष्ठको निधन भएको थियो । ३४८ पृष्ठको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तकको मूल्य एक हजार २५० रुपैयाँ राखिएको छ ।