मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७७ मङ्सिर १५ सोमबार ०७:०१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चिनियाँ खोपविरुद्धको पश्चिमा अभियान

चीनले महाव्याधि नियन्त्रणको मुख्य लडाइँ त जितेको छ नै खोप अनुसन्धानमा पनि चीन पछाडी पर्नेछैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७७ मङ्सिर १५ सोमबार ०७:०१:००

पश्चिमा मुलुक विशेषगरी अमेरिकी पब्लिक अपिनियन इन्स्टिच्युसनहरूले कोभिड–१९ खोपका विषयमा पक्षपातपूर्ण प्रचार अभियान सुरु गरेका छन् । उनीहरू चिनियाँ खोपको प्रगतिप्रति प्रश्न उठाउँदै अमेरिकी तथा पश्चिमा औषधि कम्पनीले विकास गरिरहेका खोपका प्रगतिलाई भने बढाइचढाइ प्रस्तुत गर्दै छन् ।

अमेरिकी औषधि कम्पनी फाइजर तथा अन्य केही कम्पनीले खोपमा प्रगति गरेको सुसमाचारले सेयर बजार उछालिएका छन् । अमेरिकी तथा अन्य पश्चिमी कम्पनीका खोपको प्रगति र चिनियाँ कम्पनीका खोपको प्रगतिको स्तर समान छ । तर, विश्वका यी दुई गोलार्धले समानस्तरमा विकास गरेका खोपप्रति भने अमेरिकी तथा पश्चिममा बिलकुलै भिन्न धारणा निर्माण गर्ने प्रयास भइरहेको छ । 

चिनियाँ खोप विकास तथा अनुसन्धानले अत्यन्त तीव्र प्रगति हासिल गरिरहेका छन् । चीनका पाँच खोप तेस्रो चरणको क्लिनिकल परीक्षणको अवस्थामा पुगेका छन् । समस्याचाहिँ के हो भने चीनले आमतौरमा महाव्याधिलाई नियन्त्रण गरेको छ । जसकारण, चीनमा तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि उपयुक्त अवस्थाको अभाव छ । त्यसैले, उसले तेस्रो चरणको परीक्षण महाव्याधिको संक्रमणको स्तर व्यापक भएका विदेशी मुलुकहरूमै गर्नुपर्ने हुन्छ । जसका लागि अतिरिक्ति समन्वय आवश्यक हुन्छ र यसमा ढिला भइरहेको छ ।

अहिले सबैजसो मुलुकले खोप अनुसन्धान तथा विकासका साथसाथै व्यावहारिक परीक्षणको गतिलाई पनि तीव्रता दिइरहेका छन् । सामान्य अवस्थामा, खोप पूर्ण परिष्कृत रूपले विकसित हुन कयौँ वर्ष लाग्छ । जबकि, केही अमेरिकी कम्पनीले भने खोप पूर्णरूपले तयार हुनुअघि नै हतार–हतार व्यापारीकरणका लागि नै आवेदन दिइसकेका छन् ।

खोपको कुनै साइड इफेक्ट नभएको सुनिश्चित गरिसकेपछि चीनले पनि स्वास्थ्यकर्मी तथा जोखिममा रहेका मानिसमा खोपको प्रयोग विस्तार गरेको छ । अमेरिकाका जनधारण निर्माणकर्ता इन्स्टिच्युसनले पनि घरेलु खोपको परीक्षणमा सहयोग गरिरहेको छ । र, पुँजीबजारले सो कदमलाई उत्साहपूर्वक अनुमोदन पनि गरिसकेको छ । तर, उनीहरू चिनियाँ खोपप्रति भने बिलकुलै तेवर देखाउँदै छन् ।

अत्यावश्यक सेवा तथा जोखिमयुक्त समुदायका मानिसलाई खोप लगाउने चीनको कार्य गैरजिम्मेवार भएको र त्यसले जोखिममा पार्ने रट लगाउँदै छन् । उनीहरू नियोजित रूपले नै चिनियाँ कम्पनीहरूले अहिलेसम्म तेस्रो चरणको क्लिनिक ट्रायलका डाटा सार्वजनिक नगरेको कुरासँग चीनका खोपलाई जोड्न खोज्दै छन् र चीन गुणस्तरहीन खोपहरू प्रयोग गर्न खोज्दै छ भन्ने भान पार्न खोज्दै छन् ।

चीनका पाँच खोप तेस्रो चरणको क्लिनिकल परीक्षणको अवस्थामा पु्गेका छन् । समस्याचाहिँ के हो भने चीनले आमरूपमा महाव्याधिलाई नियन्त्रण गरेको छ, जसकारण चीनमा तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि उपयुक्त अवस्थाको अभाव छ ।

के चीन मुनाफाका लागि आमनागरिकको जीवनमाथि खेलबाड गर्न सक्छ ? अमेरिकी तथा पश्चिमी संस्थाहरूले यस्ता अफवाह फैलाउन कसरी सकेका हुन् । कोभिड–१९ को प्रकोप फैलिययता भाइरस नियन्त्रण गरेर नागरिकको जीवनरक्षा गर्नमा चीनले अत्यन्त दृढ अभियान चलाएको छ । जबकि, महाव्याधिविरुद्धको अमेरिकी लडाइँ विभिन्न स्वार्थका कारण असफल छ । ट्रम्प प्रशासनले जनताको जीवन बचाउनुभन्दा सेयर बजार जोगाउनु उचित ठान्यो ।

हामीलाई अमेरिकी औषधि कम्पनी, पब्लिक अपनियन इन्स्टिच्युसन तथा सेयर बजारको त्यहाँका राजनीतिज्ञहरूसँग साँठगाँठ रहेको आशंका छ । किनकि उनीहरू स्वार्थप्रेरित छन् । चिनियाँ खोपमाथि उनीहरूले थालेको आक्रमणले यो कुराको पुष्टि पनि हुन्छ । 

चिनियाँ खोपले मानवजातिको साझा हितलाई सफल बनाउँदै विश्वव्यापी रोकथाम तथा नियन्त्रणको नयाँ चरणमा लैजान महत्वपूर्ण भूमिका खेल्नेछ । चीनले आफ्नो खोपलाई विश्वकै साझा सम्पत्ति बनाउने घोषणा गरिसकेको छ । यो कुरा खोपको विश्वव्यापी आपूर्ति सुनिश्चितता तथा एकाध पश्चिमी खोपको एकाधिकार तोड्नका लागि पनि अर्थपूर्ण छ । खोप सबै मुलुकका लागि सुलभ हुनैपर्छ । चीनका खोप महामारी रोकथामको नयाँ चरणमा निष्पक्षता सुनिश्चित गर्न महŒवपूर्ण हुनेछन् ।

यसर्थ, चीनले आफ्ना खोपहरूको प्रचार–प्रसार प्रभावकारी बनाउन जरुरी छ । विकासशील मुलुकहरूले पनि चिनियाँ खोपको तेस्रो चरणको परीक्षणलाई तीव्रता दिन सहयोग गर्नुपर्छ । स्वार्थपे्ररित भएका कारण अमेरिका र अन्य केही मुलुकले चिनियाँ खोपको तेस्रो चरणको परीक्षणका लागि सहयोग गर्ने छैनन् । चिनियाँ खोपलाई सहयोग गरेर विकासशील मुलुकहरूले चीनसँग दुःख–सुख बाढ्नुपर्छ ।

खोप जति नै राम्रो किन नहोस्, कोभिड–१९ जस्तो संक्रामक भाइरस निर्मुलीकरणका सवालमा यसको एक्लो उपयोग अव्यावहारिकै हुन्छ । चीनले महाव्याधि नियन्त्रणको मुख्य लडाइँ त जितेको छ नै खोप अनुसन्धानमा पनि चीन पछाडि पर्ने कुरै छैन । चीनका खोपविरोधी अन्ततोगत्वा हाँसोका पात्र बन्नेछन् । 
(ग्लोबल टाइम्सको सम्पादकीयबाट)