मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार १६:११:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

साग खेलकुद आयोजना गर्न एक अर्ब ३१ करोड लागत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार १६:११:००

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भएको खर्च विवरण आज सार्वजनिक गरेको छ ।

प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो । 

आज पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको विवरणअनुसार नेपालमा साग प्रतियोगिता आयोजना गर्न एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको छ । 

यस्तै पूर्वाधार निर्माणमा वितगदेखि अहिलेसम्म दुई अर्ब ८६ करोड १४ लाख २८ हजार नाै सय ७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले बताए । 

यस्तै, पदक विजेता खेलाडी, प्रशिक्षकहरू र सहभागी राष्ट्रिय संघहरूलाई नेपाल सरकारको तर्फबाट २२ लाख ७६ करोडबराबरको पुरस्कार रकम ०७६ चैत मसान्तसम्म वितरण गरिएको पनि उनले बताए । 

सदस्यसचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरिए पनि काठमाडौं, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताए । 

गत वर्षबाट महामारीका रूपमा फैलिएको कोभिड– १९ र सागमा सहभागी राष्ट्रहरूबाट प्राप्त रकम र खर्च विवरणको हिसाब फरफारक गर्न सम्पूर्ण सहभागी राष्ट्रहरूको ओलम्पिक कमिटीबाट समेत स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था भएकाले ढिलाइ भएको उनले बताए । 

सदस्यसचिव सिलवालका अनुसार तीन करोड ५५ लाख ७१ हजार एक सय ३७ रुपैयाँ बैंक मौज्दात रहेको छ । एक करोड ९३ लाख ८० हजार दुई सय २४ रुपैयाँ भने फ्रिज भएको उनले बताए । 

नेपाल सरकारले प्रतियोगिता आयोजना गर्न एक अर्ब २३ करोड १८ लाख ४८ हजार दिएको थियो । यस्तै, टिकट बिक्रीबाट दुई करोड ६७ लाख ११ हजार ६ सय ७५, विज्ञापनबाट २० लाख ९९ हजार एक सय ५० रुपैयाँ र सहभागी राष्ट्रहरुबाट ११ करोड २१ लाख ३५ हजार पाँच सय ९८ रुपैयाँ प्राप्त भएको सिलवालले बताए । 

साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख ८८ हजार आठ सय चार रुपैयाँ खर्च भएको विवरण राखेपले सार्वजनिक गरेको छ । 

यस्तै होटेल बसोवासमा १३ करोड ५९ लाख ६७ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ । 

खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख ८३ हजार आठ सय ८१ रुपैयाँ, राष्ट्रिय टिम व्यवस्थापनमा ३० करोड ८० लाख ८१ हजार नाै सय ३९ रुपैयाँ खर्च भएको छ । 

यस्तै सचिवालय खर्च (काठमाडौं) ६ करोड ७४ लाख ५६ हजार चार सय ७९, पोखरामा सात करोड ६२ लाख ९८ हजार दुई   सय २४ र जनकपुरमा ८० लाख ३७ हजार दुई सय १२ रुपैयाँ खर्च भएको छ ।

१४औँ साग आयोजना गर्ने पालो पाकिस्तानको भए पनि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन ।