१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार १५:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपामा पैदा भएको घर्षण सकारात्मक शक्तिमा बदलिन्छ : मन्त्री पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार १५:२१:००

­­ऊर्जा, जलस्राे त तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छन् । 

मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तर्संघर्ष र बहस हुनुलाई अस्वाभाविक रूपमा लिन नहुने उल्लेख गरे । 

नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे । 

उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट सकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ । घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ । घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने हाम्रो प्रयास हुन्छ ।’ 

काभ्रेको पनौतीस्थित नेपालकै पुरानो विद्युत्गृहको शनिबार निरीक्षणमा निस्किएका मन्त्री पुनले नेकपा नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै बहसमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल  गरे । 

सत्तारुढ पार्टीभित्र विवाद चर्किएका कारण सिंगो मुलुकको ध्यान त्यसैमा केन्द्रित भएकाले छिट्टै निकास दिने गरी छलफल हुने स्पष्ट पारे । 

मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपंक्तिलाई आग्रह गरे ।