मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी
२०७७ मङ्सिर १४ आइतबार १३:५६:००
Read Time : < 1 मिनेट
विश्व

आत्मघाती आक्रमणबाट अफगानिस्तानमा २६ सैनिकको मृत्यु

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ मङ्सिर १४ आइतबार १३:५६:००

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको आत्मघाती कारबम आक्रमणमा २६ जना सरकारी सैनिकको मृत्यु भएको छ । आक्रमणकारीले सैनिक शिविरमा बम विस्फोट गरेको थियो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भीषण आक्रमण भएको थिएन । 

घाज्नी अस्पतालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइतेलाई सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । उनले मृतक एवं घाइतेहरू सबै सैनिक रहेको बताए । 

घाज्नी प्रान्तीय परिषद्का एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरेका छन् । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारीसाधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिएका छन् । तर, उनले के–कति सैनिकको मृत्यु भयो भन्नेबारेमा केही बताएका छैनन् । 

आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।