१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएनआइ
२०७७ मङ्सिर १३ शनिबार १६:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ५१ हजार नाघ्यो

Read Time : < 1 मिनेट
रासस/एएनआइ
२०७७ मङ्सिर १३ शनिबार १६:५९:००

भारतमा शुक्रबार ४१ हजार तीन सय २२ जना कोरोना (कोभिड– १९) संक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ९३ लाख ५१ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको हो ।

अमेरिकापछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र हो । भारतमा पछिल्लो २४ घन्टामा थप चार सय ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसहित भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार दुई सय पुगेको छ । यहाँ कोरोना भाइरस सुरु भएयता भएका सम्पूर्ण संक्रमितमध्ये ८७ लाख ५९ हजार नौ सय ६९ व्यक्ति कोरोनामुक्त भएका मन्त्रालयले जानकारी दिएको छ । भारतको महाराष्ट्र, दिल्ली र केरला क्रमशः सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भएका राज्य हुन् ।