मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एपी
२०७७ मङ्सिर १३ शनिबार १५:४३:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकाको लस एन्जलसमा तीन साता घरबाहिर ननिस्कन निर्देशन

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ मङ्सिर १३ शनिबार १५:४३:००

अमेरिकाको लस एन्जलसमा प्रशासनले घरमै बस्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाहरूको घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेको हो । यो घोषणा आगामी सोमबारदेखि लागू हुनेछ ।

देशकै सबैभन्दा धेरै जनसंख्या रहेको लस एन्जलसमा आममानिसलाई भिडभाड गर्न रोक लगाइएको छ । भिडभाड हुने व्यापार व्यवसाय पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।

‘तीन साताका लागि घरमै सुरक्षित’ भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागू हुनेछ। करिब एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने चार हजार पाँच सय ४४ जना नयाँ संक्रमित थपिएका छन् ।    

स्थानीय प्रशासनले जारी गरेको निर्देशनमा सम्भव भएसम्म घरमै बस्न र घरभन्दा बाहिर निस्कनै परेमा मुख ढाक्ने चिज लगाउन आग्रह गरिएको छ । सार्वजनिक वा व्यक्तिगत रूपमा पनि कुनै घरपरिवारले भिडभाड तथा जमघट गराउन नपाइने निर्देशनमा उल्लेख छ । 

चर्चमा काम गर्ने र विरोध प्रदर्शनमा उत्रिनेलाई भने यो निर्देशन अनिवार्य नगरिएको अधिकारीहरूले जनाएका छन् । संविधानमा उल्लेखित अधिकारको रक्षाका लागि यस्तो व्यवस्था गरिएको उनीहरूको भनाइ छ ।