मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १३ शनिबार १२:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कुनै पनि बहानामा महाधिवेशन रोकिन हुँदैन : डा. कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १३ शनिबार १२:३३:००

कांग्रेस नेता डा. शेखर कोइरालाले कुनै पनि बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने बताएका छन् । 

‘कोरोना भाइरसको संक्रमण अहिल्यै निराकरण हुने सम्भावना देखिँदैन,’ चिकित्सकसमेत रहेका नेता कोइरालाले कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘त्यसैले सामाजिक र भौतिक दूरी कायम राख्दै महाधिवेशनको तयारीमा लाग्नुस् ।’ 

शनिबार कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले गरेको रक्तदान कार्यक्रममा बोल्दै डा. कोइरालाले केन्द्रीय परिपत्रअनुसार तोकिएको म्यादभित्रै क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह गरे ।

‘सबैतिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो । व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरु हुन थालेको छ । यस्तो वेलामा महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ,’ नेता कोइरालाले भने ।