मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १३ शनिबार ११:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस् : शंकर पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १३ शनिबार ११:५८:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एकीकृत प्रतिवेदनले मात्र पार्टी एकता जोगाउने तर्क गरेका छन् । उनले पार्टी एकताको रक्षाका लागि दुवै अध्यक्षका प्रतिवेदन स्थगित गरी एकीकृत प्रतिवेदन बनाउन माग गरेका हुन् । 

उनले सामाजिक सञ्जाल फेसबुक स्टाटसमा लेखेका छन्, ‘म फेरि पनि भन्छु– पार्टी एकताको रक्षाका लागि दुवै प्रतिवेदनलाई स्थगित गरी एकीकृत प्रतिवेदन बनाउने दिशामा सचिवालयको बैठक अग्रसर होस्।’ 

नेकपाको आज बस्ने सचिवालय बैठकमा औपचारिक रूपमै दुई अध्यक्षका राजनीतिक प्रस्तावले प्रवेश पाउँदै छन् । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट कात्तिक २८ मा पेस भइसकेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले शनिबारको सचिवालय बैठकमा जवाफी प्रस्ताव पेस गर्दै छन् । 

३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले  प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको जवाफमा आफूले पनि लिखित प्रस्ताव पेस गर्ने भन्दै समय माग गरेका थिए । बैठकले उनलाई १० दिनको समय दिएको थियो। 

यसबीचमा दुवै अध्यक्षबीच संवाद भएको छैन । संवादहीनताले  उनीहरूबीच बढ्दो तिक्तता र असन्तुष्टि सार्वजनिक गरेको छ । ३ मंसिरको सचिवालय बैठकयताका दश दिनमा दुवै समूहले आफ्ना गतिविधि भने जारी राखेका छन्।  

फरक-फरक प्रस्तावका कारण बहुमत–अल्पमतको दिशातिर जाने सम्भावना देखिएपछि प्रधानमन्त्री ओलीनिकट नेताहरूले सहमतिको दिशामा फर्किन आग्रहसहितको सन्देश लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग शुक्रबार भिन्दाभिन्दै भेटवार्ता गरेका थिए । 

याे पनि पढ्नुहाेस्

नेकपामा औपचारिक रूपमै दुई राजनीतिक प्रस्तावले प्रवेश पाउँदै