१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार ०८:२१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आमाबुबाको समाधिस्थलनजिकै  म्याराडोनाको अन्त्येष्टि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १३ शनिबार ०८:२१:००

फुटबलका लिजेन्ड डिएगो म्याराडोनाको अन्तिम संस्कार बिहीबार विशेष समारोहबीच सम्पन्न भएको छ । राजधानी बुनोस आयर्सको जार्डिन डे पाजमा म्याराडोनाको अन्त्यष्टि गरिएको हो ।  कफिनसहित म्याराडोनाको पार्थिव शरीरलाई उनकै आमा डाल्मा तथा बुबा डिएगोकै समाधिस्थलनजिकै अन्तिम संस्कार गरिएको हो ।

जीवनकै पहिलो व्यावसायिक बोका जुनियर, अर्जेन्टिनी जर्सी तथा राष्ट्रिय झन्डा म्याराडोनाको पार्थिव क्यास्केटमा राखिएको थियो । अन्तिम संस्कारमा एक दर्जनभन्दा बढी नजिकका आफन्तले धार्मिक कार्यअनुसार क्यास्केट श्रद्धाञ्जली दिए । यही बुधबार हर्ट एट्याक्टले म्याराडोनाको निधन भएको थियो । 

विश्व खेलकुलाई स्तब्ध बनाएको दिन नै अर्जेन्टिनी राष्ट्रपति अल्वर्टो फर्नान्डेजले तीन दिन राष्ट्रिय शोक मनाएर मात्र म्याराडोनाको अन्तिम संस्कार हुने घोषणा गरेका थिए । यो तीन दिन म्याराडोनाको पार्थिव शरीरलाई प्रसिडेन्टल प्यालेसमा राखिएको थियो । हजारौँ समर्थक दिनहुँजसो नै प्रसिडेन्टल प्यालेसमा पुगी म्याराडोनालाई क्यान्डल बाली श्रद्धाञ्जली दिएको ब्रिटिस मिडिया द सनले जनाएको छ । 

सन् १९९८६ मा म्यारोडोनाले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका थिए । त्यस विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध हातले गोल गरेका थिए । म्याराडोना स्वयंले यसलाई भगवान्को हात भनेका थिए । सन् १९९० मा उनले अर्जेन्टिनालाई ब्याक टु ब्याक विश्वकपको फाइनलमा पु¥याए । एक सफल खेलाडी म्याराडोनाले लागुऔषध दुव्र्यसनका कारण नै करिअर धरापमा राखे । प्रतिबन्धित औषधि सेवन गरेका कारण नै उनी पटकपटक प्रतिबन्धमा परे । विश्व खेलमा म्याराडोनालाई एक सफल तथा विवादास्पद खेलाडीका रूपमा लिने गरिन्छ ।

कासा रोसाडास्थित प्रेसिडेन्टल प्यालेसबाट म्याराडोनाको अन्तिम यात्राको क्रममा समर्थकहरूले कफिन छुन प्रयास गरेका थिए, सुरक्षा घेरा तोडी प्यालेसभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी र समर्थकबीच झडप 

समर्थक र सुरक्षाकर्मीबीच झडप
कासा रोसाडास्थित प्रेसिडेन्टल प्यालेसबाट म्याराडोनाको पार्थिव शरीर कारभित्र राख्ने क्रममा समर्थकहरूले कफिन छुन प्रयास गरेका थिए । यसैगरी सुरक्षा घेरा तोडी केही समर्थक प्यालेसभित्र प्रवेश गर्न खोजे पनि । यसैबीच सुरक्षाकर्मी र समर्थकबीच झडप भएको थियो । सा–साना बालकदेखि वृद्धसम्म पनि म्याराडोनाको अन्तिम दर्शन गर्न खोजिरहेका थिए । यसै क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाएको छ । 

राष्ट्रपति फर्नान्डेजद्वारा श्रद्धाञ्जली 
म्याराडोनाको जादूमयी खेलको प्रशंसा गर्न कोही हिचकिचाउँदैनन् । चाहे त्यो ब्राजिलियन लिजेन्ड पेले, फ्रान्सका प्ले मेकर जिनेदिन जिदान, माइकल प्लाटिनी तथा इंग्लिस फुटबलर डेभिड बेकह्याम नै किन नहोस् । ६० वर्षको उमेरमा हट एट्याक्टका कारण निधन भएका म्याराडोनाप्रति विश्वका दिग्गज खेलकर्मीले श्रद्धाञ्जली शब्द खर्चिएका छन् । अर्जेन्टिनी राष्ट्रपति फर्नान्डेजले पनि म्याराडोनाको अन्तिम शवयात्राअघि सरकारी विज्ञप्ति जारी गरेका छन् । 

‘म्याराडोनाको फुटबल स्किल कसैले लुकाउन सक्दैनन्, विश्वकै एक उत्कृष्ट खेलाडीले खेलको माध्यमबाट अर्जेन्टिनालाई चिनाएर जानुभयो, आज यिनै हाम्रा प्रिय खेलाडी हामीसामु छैनन्,’ फर्नान्डेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म्याराडोना यस्ता व्यक्तिमा पर्नुहुन्छ, जसको हात सीधै भगवान्समक्ष पुग्छ, एउटा हात उठाउँदा आकाश नै छुन्छ, कहिले पनि आफ्नो स्किलमा घमन्ड गर्नुभएन ।’ काठले बनेको कफिनमाथि ‘डि१०एस’ जर्सी राखिएको थियो । यसमा डिलोस लेखिएको थियो । स्पेनिस भाषामा यो भगवान् भन्ने बुझिन्छ । 

यसैबीच सिरिए लिग नेपोलीले बिहीबार नै म्याराडोनोको अन्तिम संस्कार चलिरहँदा रंगशाला सान पाओलोमा क्यान्डल, फोटो तथा जर्सी राखी अन्तिम श्रद्धाञ्जली दिएको थियो ।