१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार १७:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन कारागारबाट भागेका कैदी २४ घन्टा बित्दा पनि भेटिएनन्

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार १७:३९:००

चितवनको भरतपुर जिल्ला कारागारबाट भागेका कैदी २४ घन्टा बित्दासमेत भेटिएका छैनन् । जबर्जस्ती करणी मुद्दामा २० साउनदेखि कैद भुक्तान गरिरहेका कालिका नगरपालिकाका ४५ वर्षीय रेशमलाल श्रेष्ठ बिहीबार कारागारबाट भागेका थिए ।  

बिहीबार सवा ५ बजे दैनिकजस्तै चौरबाट कारागारभित्र कैदीबन्दी संख्या गन्ती गरी प्रवेश गराउने क्रममा एकजना कैदी बन्दीको संख्या नपुगेपछि उनी भागेको पत्ता लागेको थियो । श्रेष्ठ कार्यालय परिसरबाटै भागी फरार रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले खोजी तीव्र पारेको जनाएको छ । 

दुई सय ८० जनाको मात्र क्षमता रहेको भरतपुर कारागारमा अहिले झन्डै तीन गुणा बढी ६ सय ९७ जना कैदीबन्दी बस्दै आएका छन् ।