मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ मङ्सिर १२ शुक्रबार १६:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हत्या आरोपी वडाध्यक्ष धरौटीमा छाडिएपछि अबिरजात्रा  

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ मङ्सिर १२ शुक्रबार १६:१०:००

कर्तव्य ज्यान मुद्दाका फरार आरोपी वडाध्यक्ष अदालतमा सुटुक्क हाजिर भएर धरौटीमा छाडिएपछि समर्थकहरूले अबिरजात्रा गरेका छन्। 

व्यक्ति हत्या गर्न उक्साएको आरोप लागेपछि १८ महिनादेखि फरार रहेका विराटनगर महानगरपालिका– १४ का वडाध्यक्ष बलदेव यादव बिहीबार अदालतमा सुटुक्क हाजिर भएर धरौटीमा छाडिएपछि समर्थकले साँझ उनको अबिरजात्रा गदै स्वागत गरेका हुन् । 

अध्यक्ष यादव तत्कालीन संघीय समाजवादी पार्टीबाट विजयी भएका थिए । 

हत्याको अभियोग लागेपछि भारतमा लुकिछिपी बस्दै आएका फरार वडाध्यक्ष यादवलाई सुटुक्क अदालतमा हाजिर गराएर न्यायाधीश तेजबहादुर खड्काको इजलासले ११ मंसिरमा तीन लाख रुपैयाँ धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको हो  ।

३२ जेठ ०७५ मा  नातेदारको विवाहको विषयमा वडाध्यक्ष यादवको घरमा भएको छलफल (पञ्चायती) मा विराटनगर महानगरपालिका– १४ का ५५ वर्षीय समानन्द यादवमाथि कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका समानन्दको  २७ असार ०७६ मा उपचारका क्रममा मृत्यु भएको थियो ।   

आफ्ना नातेदारकी छोरीसँग समानन्दले छोराको बिहे गराउन नमानेपछि  नियोजित रूपमा कुटपिट गरेर हत्या गरिएको भन्दै मृतक समानन्दको परिवारले घटनामा संलग्न भएको आरोपमा तीनजना वडाध्यक्षसहित १० जनाविरुद्ध किटानी जाहेरी दिएको थियो । 

किटानी अभियोग लागेका अभियुक्तहरूमा जहदा गाउँपालिका– १ वडाध्यक्ष प्रदीप यादव, विराटनगर महानगरपालिका– १८ का वडाध्यक्ष सञ्जय साह, विराटनगर– १४ का अध्यक्ष बलदेव यादव, उनका छोरा रविन, भतिज दीपेश र  छिमेकीहरू  विन्देश्वर, शम्भुप्रसाद, भोलु, वीरेश  र  दिनेशप्रसाद यादव थिए ।   

आरोपी तीन वडाध्यक्षमध्ये विराटनगर– १८ का वडाध्यक्ष सञ्जय साह र मोरङ जहदा गाउँपालिका–१  का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि  थुनामा पठाएको थियो ।  

तर, जहदा गाउँपालिकाका अध्यक्ष प्रदीपचन्द यादव  पनि उच्चअदालत विराटनगरको आदेशबाट थुनामुक्त भइसकेका छन् । यस्तै अभियुक्त दीपेश यादव पनि १८ असार  ०७७ सर्वोच्च आदेशबाट पुर्पक्षका लागि थुनामुक्त भइसकेका छन् ।

विराटनगर– १८ का भोला, रविन,  विन्देश्वर, वीरेशकुमार, भोलु र विराटनगर– १४ का विजय भनिने शम्भु यादव हत्या आरोपी अझै फरार छन् ।