मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी वासिङ्टन
२०७७ मङ्सिर १२ शुक्रबार १५:१६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति ट्रम्पले दिए ह्वाइटहाउस छाड्ने संकेत

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन
२०७७ मङ्सिर १२ शुक्रबार १५:१६:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरूले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइटहाउस छाड्ने बताएका छन् । 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रूपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन् । यद्यपि यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाएका थिए । 

ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गरेका थिए । चोरी मतपत्रबारे भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेका थिए । 

तर, अदालतले भने ट्रम्पले लगाएका आरोपहरूमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरू खारेज गरिदिएका थिए । 

हाल राष्ट्रपति ट्रम्पले दिएको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगेको आकलन गरिएको छ । बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइटहाउसबाट बाहिरिने ट्रम्पले बताए । 

इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदै छ ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेदवारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ । हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले तीन सय ६ र डोनाल्ड ट्रम्पले दुई सय ३२ मत प्राप्त गरेका छन् । 

संविधानअनुसार कुल पाँच सय ३८ इलेक्टोरल मत रहेको अमेरिकामा दुई सय ७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् ।

नयाँ राष्ट्रपतिले आगामी सन् २०२१ को जनवरी २० मा शपथग्रहण गर्नेछन् । त्यसयता जो बाइडेन निर्वाचितका राष्ट्रपति रूपमा रहनेछन् ।