१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्वीर
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १४:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपाको सचिवालय बैठक भोलि बस्दै : अध्यक्ष ओली आफ्नो राजनीतिक प्रस्ताव राख्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार १४:०४:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दश दिनपछि भोलि शनिबार बस्दै छ । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्नेछन् । 

यही ३ मंसिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित भएको थियो । 

सचिवालय बैठकमा अध्यक्ष दाहालले अध्यक्ष ओलीप्रति गम्भीर आरोपसहित राजनीतिक प्रस्ताव राखेका छन् । अध्यक्ष दाहालले राखेको प्रस्ताव र आरोपको जवाफमा अध्यक्ष ओलीले प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ । 

अध्यक्ष ओलीले आफूनिकटका सचिवालय सदस्य, स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरूसँग समेत छलफल गरेर प्रस्ताव तयार पारेको स्रोतले जनाएको छ । त्यसैगरी उनले कही तटस्थ बसेका नेताहरूसँग पनि छलफल गरेका थिए । 

उनले आफ्नो प्रस्ताव बिहीबारसम्म करिब अन्तिम रूप दिएको स्रोतको भनाइ छ । 

अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहालले राखेको प्रस्तावलाई लिएर कडा रूप अपनाउने वा नरम रूप अपनाउने भन्नेबारे अझै स्पष्ट खुलिनसकेको स्रोतको भनाइ छ । 

अध्यक्ष दाहाल पक्ष भने अध्यक्ष ओलीको प्रस्तावलाई अध्ययन गरेपछि आफ्नो रणनीति बुन्ने योजनामा छ । 

सत्तारुढ दल नेकपामा अध्यक्ष ओली पक्ष र अर्का अध्यक्ष दाहाल पक्षबीच एक–अर्कामा आरोप–प्रत्यारोपको क्रम निरन्तर चलिरहेको छ । दलमा दुई खेमा स्पष्ट देखिएपछि नेकपाको उच्च नेतृत्व चरम शक्ति संघर्षबाट गुज्रिरहेको छ ।

भोलि शनिबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुने अध्यक्ष ओलीको प्रस्तावपछि उत्पन्न हुने अवस्थापछि नेकपाभित्रको अन्तर्द्वन्द्वको दिशा के–कस्तो हुने संकेत देखिने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।