१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
 फालेलुङ ४ गोर्खेपानीमा बिओपी उद्घाटनका क्रममा झण्डा फहराइँदै सशस्त्र प्रहरी।
२०७७ मङ्सिर १२ शुक्रबार १२:३३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सीमामा पहिलोपटक फहरायो नेपाली झण्डा  

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार १२:३३:००

नेपाल सरकारले ०७६ मंसिरमा गरेको निर्णयअनुसार नेपाल–भारत र नेपाल–चीनबीचको सीमा क्षेत्रमा दुई सय २१ बोर्डर आउट पोस्ट (बिओपी) राखिँदै छ । अन्तरदेशीय सीमा सुरक्षा मुख्य जिम्मेवारीसहित पाँचथरका चार स्थानमा पोस्ट स्थापना भइसकेका छन् ।

भारतको सिक्किम, पश्चिम बंगाल र नेपालको सीमा क्षेत्र गोर्खेपानीमा पछिल्लोपटक पोस्ट उद्घाटन गरिएसँगै जिल्लामा राख्ने भनिएका चारै स्थानमा सशस्त्र प्रहरीको टोली पुर्‍याइएको छ । 

सशस्त्र प्रहरीको टोली पुर्‍याइएको भए पनि आधारभूत आवश्यकता भने पूरा भएका छैनन् । सीमा क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणका लागि मुख्य अपेक्षासहित सीमा क्षेत्रमा सुरक्षाकर्मी पुर्‍याइए पनि आवश्यक भवन, सहज यातायातको सुविधा तथा समन्वयका लागि सञ्चार उपकरण सहज छैन । 

भवन छैन 

धमाधम स्थापना भइरहेका बिओपी भाडा (स्थानीयसँग मागेका)का घरमा बस्न बाध्य छन् । सरकारले भवनको प्रबन्धसमेत गर्न नसकेपछि तत्कालका लागि भाडाकै घरमा बसेर सीमा सुरक्षा गर्ने कार्य जारी छ । 

पाँचथरमा राखिएका सबै पोस्ट भाडा (स्थानीयसँग मागेका) का घरमा बस्न थालेका छन् । पहिलोपटक स्थापना गरिएको मध्यपहाडी लोकमार्गको पुर्वी उदगम बिन्दु चिवाभञ्ज्याङमा राखिएको पोस्ट याङवरक गाउँपालिकाले बनाएको भवन मागेर बसेको छ । 

गाउँपालिकाले पर्यटकहरूका लागि आश्रम स्थल भनेर तयार पारेको भवन अहिले सशस्त्र प्रहरी बलको बिओपी राख्ने काम लागेको छ । 

सघन मानव बस्तीभन्दा टाढा पर्ने उक्त क्षेत्रमा सुविधासम्पन्न भवन छैनन् । भएको एउटा भवनलाई पनि सशस्त्रको बिओपी राखिएपछि जुन उद्देश्यले भवन बनाइएको हो त्यो पूरा नहुने भएको छ । 

यता याङवरक गाउँपालिका–१ तोरिफुलेमा त कुनै पनि संरचना छैन । तोकिएको स्थानमा संरचना नभएपछि त्यसको १० किलोमिटर टाढा बनाइएको भवनमा अहिले अस्थायी रूपमा बिओपी राखिएको छ । 

मुलचौकमा करिब १५ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले बनाएको भवनलाई मर्मत गरेर अहिले बिओपी राखिएको हो । उच्च पहाडी क्षेत्रमा अरू भवन नभएपछि सीमाभन्दा केही टाढा भए पनि सोही भवनमा बिओपी राखिएको गाउँपालिकाले जनाएको छ ।
 
यता फालेलुङ गाउँपालिकाको भैंसे भन्ने स्थानमा राखिएको बिओपी पोस्ट व्यक्तिको घर मागेर राखिएको छ । गाउँपालिकाले समन्वय गरेर भवन उपलब्ध गराएको हो । 

फिदिमस्थित सशस्त्र प्रहरीबल हिमशिखर गुल्मका प्रमुख डिएसपी किशोर श्रेष्ठले भने, ‘फालौटमा राखिएको बिओपी पनि आफ्नो भवनमा छैन । पछिल्लोपटक फालेलुङ गाउँपालिका– ४ गोर्खेपानीमा पोस्ट राखियो । त्यो पनि सशस्त्रको आफनो भवन हाेइन ।’

पर्यटकहरूका लागि गोठस्टेका रूपमा तयार पारिएको भवन सशस्त्र सीमामा जाने भएपछि उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । 

बाटोमै समस्या 

हाल बिओपी पोस्ट राखिएका स्थान मानव बस्तीभन्दा टाढा पर्छन् । पाँचथरमा राखिएका चार पोस्टमध्ये कुनैमा पनि सडक सहज छैन । 

अरू तीनको तुलनामा फालेलुङको गोर्खेपानीमा केही सहज भए पनि कस्टकर यात्रा नगरी पुग्न सक्ने अवस्था छैन । सडकको ट्रयाक मात्रै खोलिएको छ । 

 

लामो समयको मिहिनेतपछि बाटो खुलाउने विषयमा काम सुरु भएको फालेलुङ– ४ का अध्यक्ष विश्वास सावदेनले बताए । 

०७४ सालमा सुरु भएको सडकका लागि संघीय सरकारबाट ५० लाख रुपैयाँ विनियोजन भएको छ । उनले भने, ‘तत्कालका लागि असहज भए पनि छिटै यातायात सहज गर्नेमा हामी लागिरहेका छाैँ । समस्या गोर्खेपानीको मात्रै हाेइन, पाँचथरको तोरिफुले, चिवाभञ्ज्याङ, भैसे सबैमा समस्या उस्तै छ ।’

मोबाइल चल्दैन 

पाँचथरमा बिओपी राखिएका चारै स्थानमा मोबाइलले काम गर्दैन । सुरक्षा निकायको आफ्नै नेटवकमा कुरा गर्नसमेत समस्या हुने क्षेत्रमा मोबाइल सेवालाई सहज बनाउन आवश्यक पहल थाल्ने सम्बन्धित गाउँपालिकाले जनाएको छ । 

तत्काल बिओपी राख्नुपर्ने कारण पनि उच्च पहाडी क्षेत्रमा तत्कालका लागि भवन आवश्यक छ । प्रतिकूल मौसमका बाबजुत काम गर्नुपरेको सशस्त्र प्रहरीले बताएको छ। 

सीमा सुरक्षा पहिलो सर्त 

भौतिक पूर्वाधार समस्याबीच सीमामा पुगेको सशस्त्र प्रहरीले सीमा सुरक्षासहित सीमामा हुने आपराधिक गतिविधिमा निगरानी गर्ने अपेक्षा नगरिकको छ । 

भौतिक पूर्वाधारको सुविधालाई भन्दा पनि जुनसुकै अवस्थामा सीमामा उपस्थित रहनुपर्ने जिम्मेवारीका कारण आफू उपस्थित रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले बताए । उनले फालेलुङ गाउँपालिकाको गोर्खेपानी पुगेर भने, ‘अवस्था जस्तो भए पनि हाम्रो कर्तव्य सम्झने हो ।’