१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार ११:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलहरूमा लोकतन्त्रको अभ्यास हुन सकेन : सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १२ शुक्रबार ११:४८:००

प्रतिनिधिसभाका  सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूमा लोकतन्त्रको अभ्यास हुन नसकेको बताएका छन्। 

उनले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरूबीच प्रशिक्षणको पनि कमी रहेको बताए । 

शुक्रबार संघीय संसद् र प्रदेश सभा सञ्चालन अनुभव आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनमुखी विधेयक निर्माणमा विज्ञताको कमी अनुभूत भएको बताएका हुन् । प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउन आवश्यक रहेको उनको भनाइ छ। 

उनले भने, ‘जनमुखी विधेयकहरू बनाउनुपर्छ। प्रदेश र संघलाई एकाकार गरेर नै कानुन बनाउन आवश्यक छ । त्यसका लागि दलहरूमा प्रशिक्षणको कमी भएको छ, विज्ञको कमी छ । सांसदमा पनि त्याे विज्ञताकाे कमी देखिन्छ । त्यसकारण यसमा ध्यान दिनुपर्छ । पार्टीभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास भएको अनुभूति भएको छैन। पार्टीबाट सांसदहरूलाई राम्रो प्रशिक्षण भएको छैन।’