मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार ०८:०९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

किन म्याराडोना मेसी र रोनाल्डोभन्दा उत्कृष्ट हुन् ?

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार ०८:०९:००

एज्टेका स्टेडियमको त्यो जादुई गोल उनको सर्वकालिक श्रेष्ठताको प्रमाण हो 

अहिलेका फुटबलप्रेमी (फ्यान) सौभाग्यशाली छन् । किनकि उनीहरूले बाँचिरहेको यस युगका दुई सुपरस्टार खेलाडीले इतिहासकै सर्वाेत्कृष्ट खेलाडीको दाबेदारी एकसाथ दर्ज गरेका छन् । अझ ठूलो सौभाग्य त के हो भने हप्तैपिच्छे लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबीचको सानदार प्रतिस्पर्धा हामी अर्बाैं दर्शकले लाइभ हेर्न पाइरहेका छौँ । धन्यवाद युट्युब, म उनीहरूका हरेक गोल र अत्यन्त सम्मोहक प्रदर्शन उच्च गुणस्तरयुक्त भिडियोहरूमा हेर्न पाउँछु ।

जुन समय डियगो म्याराडोना सर्वाेत्कृष्ट खेलाडीमा दाबी दर्ज गरिरहेका थिए, अधिकांश विश्वले उनको प्रतिभा सायदै देख्यो । तिनले केवल अर्जेन्टिनाका लागि म्याराडोनाले सन् १९८२, ८६, ९० र ९४ को विश्वकप खेल्दाका चार झलकहरू मात्रै देख्न पाए । त्यसै कालखण्डमा भारतमा हुर्किएको मैले उनले एफसी बार्सिलोना एवं नापोली (जुन सहरमा उनलाई अझै पनि भगवान् मानिन्छ) मा खेलेका खेलका हाइलाइट्सहरू कहिल्यै देख्न पाएको थिइनँ । सन् १९८६ जुन २२ मा एज्टेका स्टेडियममा उनले इंग्ल्यान्डविरुद्ध गरेको सानदार गोललगायत उनका उत्कृष्ट प्रदर्शनका केही भिडियो हाइलाइट्सहरू अहिले अनलाइनमा पनि देख्न पाइन्छ । तर, ती थोरै मात्रामा उपलब्ध दृश्यांशले केवल उनी कति प्रतिभाशाली र उत्कृष्ट थिए, त्यसको संकेत मात्रै दिन्छ । ती क्लिप्सले उनी नै सर्वाधिक उत्कृष्ट खेलाडी भएको पर्याप्त प्रमाण दिन सक्दैनन् । 

म म्याराडोना आजपर्यन्तका सर्वाधिक उत्कृष्ट खेलाडी भएको दाबी गर्न सक्छु । र, मेरो यो तर्क एउटा सरल तथ्यमा आधारित छ– यहाँ उल्लेखित सबै महान् खेलाडीले भन्दा बढी कसैले फुटबल खेल टिम खेल हो भन्ने उक्तिलाई भञ्जन गरेको छ भने त्यो म्याराडोनाले नै गरेको छ ।

झन् अघिल्लो पुस्ताका दाबेदारहरूका हकमा त दाबेदारीका प्रमाण पाउन अझै दुष्कर हुने नै भयो । हंगेरीका महान् खेलाडी फेरेन्स पुस्कास, अर्जेन्टिनी अलफ्रेडो डी स्टेफानो, ब्राजिलका महान् खेलाडी पेले, नेदरल्यान्डका जोन क्रुफ, जर्मनीका फ्रान्ज बेकेनबायरलगायतको प्रतिभाको प्रमाण हाम्रा सामुन्ने छैनन् । यी खेलाडीले विभिन्न स्थिति एवं नियमअन्तर्गत र विभिन्न पोजिसनबाट खेलेका थिए । यसर्थ, हामी म्याराडोनाले प्राविधिकहरूले कति उत्कृष्ट खेले थाहा पाउन असमर्थजस्तै छौँ । फेरि पनि म म्याराडोना आजपर्यन्तका सर्वाधिक उत्कृष्ट खेलाडी भएको दाबी गर्न सक्छु । र, मेरो यो तर्क एउटा सरल तथ्यमा आधारित छ– यहाँ उल्लिखित सबै महान् खेलाडीले भन्दा बढी कसैले फुटबल खेल टिम खेल हो भन्ने उक्तिलाई भञ्जन गरेको छ भने त्यो म्याराडोनाले नै गरेको छ । 

आफ्नो अधिकांश खेल करियरमा म्याराडोनाले एकजनासम्म पनि विश्वस्तरका खेलाडी नभएको औसत टिम लिएर खेले । नापोलीको टिमका खेलाडीको सूचीमा यसो आँखा डुलाउनुभयो भने त्यहाँ कुनै अर्काे उल्लेखनीय खेलाडी देख्न सक्नुहुन्न । त्यस्तो टिम लिएर पनि उनले सन् १९८६–८७ मा इटालियन फुटबल जिते । तर, सन् १९८६ को विश्वकप जित्दा र सन् १९९० को फाइनलमा पुग्दाको उनको अर्जेन्टिनी टोली भने केही राम्रो थियो । यद्यपि, कसैले पनि जोर्ज भाल्डानेलाई म्याराडोना र जायरजिन्होलाई चाहिँ ७०को दशकका पेले हुन् पक्कै भन्दैन ।

सानदार खेलाडीहरूले घेरिएको टिममा सानदार खेलाडी हुनु एउटा कुरा हो, यस अर्थमा आफ्नो क्लबको टोलीमा मेसी तथा रोनाल्डो सौभाग्यशाली खेलाडी हुन् । तर, म्याराडोनाले त औसत खेलाडीहरूबाटै जादु देखाएका हुन् । सन् १९८४ मा उनी नापोली क्लबमा अनुबन्ध हुँदासम्म त्यस क्लबले इटालियन कप कहिल्यै जितेको थिएन, उनी अनुबन्धित भएपछि यो क्लबका प्रशंसकले च्याम्पियनसिपको सपना देख्न थाले । 

मेसीजस्ता अन्य फुटबल खेलाडीहरूले पनि प्रशंसकहरूको दबाबको महसुस गर्नुपर्छ । तर, अहिलेका सुपरस्टारसँग उनीहरूलाई सहयोग गर्ने मनोचिकित्सक तथा जनसम्पर्क अधिकारीको घेरा हुन्छ । म्याराडोनालाई त्यो सुविधा थिएन र पनि उनले आफ्नो क्लब र मुलुकलाई पटक–पटक स्वर्ण दिलाए । जबसम्म उनले खेले, उनको प्रतिभाको बोझले सबैलाई किचेर राख्यो । उनले लामो समयसम्म अरूलाई काँस्यमै सीमित राखिदिए– यो नै उनको सर्वकालिक श्रेष्ठताको प्रमाण हो । एज्टेका स्टेडियमको त्यो जादुई गोल उनको प्रतिभाको प्रमाण हो । अलबिदा डियगो म्याराडोना । 

(घोष ब्लुमवर्गका स्तम्भकार हुन् ) 
ब्लुमवर्गबाट