१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएफपी
२०७७ मङ्सिर ११ बिहीबार १६:४४:००
Read Time : < 1 मिनेट
विश्व

सुरक्षाको माग गर्दै स्यान्टियागोमा महिलावादीहरूको प्रदर्शन 

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ मङ्सिर ११ बिहीबार १६:४४:००

स्यान्टियागोमा महिलावादीहरूले महिला अधिकारको माग गर्दै प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिला जम्मा भएर महिला हिंसाविरुद्ध नारा लगाएका हुन् । 

‘उनीहरूले बलात्कारी हामीबीच नै छ’ भन्ने नारा दिएर सबैतिर महिला असुरक्षित रहेकोले उनीहरूको सुरक्षा दिनुपर्ने बताएका हुन् । महिला हिंसाविरुद्धको राष्ट्रसंघीय दिवसका अवसरमा महिला अधिकारवादीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

चिलीको प्रहरीले उनीहरूलाई त्यहाँबाट बल प्रयोग गरेर धपाएको थियो । तैपनि पछि उनीहरू जम्मा भएर प्रदर्शन गरेका थिए । चिलीका महिला अधिकारवादीहरूले लास तेसिस नाम दिएर महिला हिंसाविरुद्ध आन्दोलन सुरु गरेका हुन् । उनीहरूले सन् २०१९ मा यो नारा दिएर आन्दोलन थालेका हुन् । उनीहरूले सुरु गरेको आन्दोलनमा खासमा महिला हिंसाको कारण पुरुष हो भन्दै पुरुषलाई निन्दा गरेको गीत गाउने गर्दछन् । उनीहरूले सुरु गरेको महिला अधिकारका पक्षको र त्यसका लागि पुरुषलाई निन्दा गरिएको सो गीत विश्वका अरू देशले पनि आफ्ना भाषामा अनुवाद गरेर आफ्नो देशमा पनि गर्ने गरेका छन् । 

यो अभियान अहिले विश्वका कैयौँ देशमा सञ्चालनमा छ । यो आन्दोलन पुरुषका विरुद्ध उग्र रूपमा पनि गर्ने गरिएको छ । बुधबार पनि चिलीको स्यान्टियागो सहरमा महिलाले पुरुषविरुद्धमा नाराबाजी गरेर सडक अवरुद्ध पारेका थिए । 

उनीहरूले यस क्रममा सडकमा अवरोध पुऱ्याउनका लागि काठमा मुढा राख्ने, आगो बाल्ने मात्र नभएर पसलहरूबाट सामान लुट्नेसम्मको काम गरेका थिए । त्यसैले बल प्रयोग गरेर प्रहरीले उनीहरूलाई हटाएको थियो । यस आन्दोलनले हिंसा निम्त्याएको भनेर प्रहरीले आन्दोलनकारी महिलालाई पक्राउ गर्ने र त्यहाँबाट धपाउने काम गरेको  हो ।