मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण १६ आइतबार
  • Sunday, 28 February, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ११ बिहीबार १६:१२:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कोरोना कहरबीच सेयर बजारमा ऐतिहासिक विन्दु कायम, नेप्से अहिलेसम्मकै उच्च १९ सय नजिक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ११ बिहीबार १६:१२:००

बिहीबार सेयर बजारले एतिहासिक कीर्तिमान कायम गरेको छ ।

साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिद विक्री रकम दुबैले अहिलेसम्मको अधिकतम सीमामा नयाँ रेकर्ड कायम बनाएका छन् । 

बिहीबार नेप्सले यस अघिको उच्चतम विन्दु १८ सय ८१ को विन्दुलाई पार गरी १८ सय ९३ दशमलव २४ विन्दुमा पुगेर बन्द भएको छ । 
आज उतारचढाव बीच कारोबार बन्द हुँदा नेप्से १८ दशमलव ४३ अंकले बढेको छ । 
आज उचारचढाव भइरहदा नेप्से अधिकतम १ हजार ९ सय २७ विन्दुसम्म पुगेको थियो । 

सेन्सेटीभ परिसूचक पनि २ दशमलव ८५ अंकले बढेर ३ सय ६५ दशमलव १८ अंकमा बन्द भएको छ । कारोबार रकमले पनि अहिलेसम्मकै नयाँ किर्तिमान कायम गरेको छ । 

दिनभर २ सय १ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको १ करोड ७१ लख ८८ हजार ९९ कित्ता शेयर खरिद विक्री भएको छ ।

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकोले लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । 

त्यसैले बजारमा शेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाई चुम्दै गएका छन् । 

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरुको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरुले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको विश्लेषकहरुको भनाई छ । 

बिहीबारको बजारमा तिब्र उतारचढाव हुँदा केही समूहमा मात्रै वृद्धि देखिएको छ । बैंकिङ समूह २ दशमलव ७ प्रतिशत, जलविद्युत समूह शुन्य दशमलव ४६ प्रतिशत, अन्य समूह १ दशमलव २ प्रतिशत र म्युचुअल फण्ड समूह शुन्य दशमलव ६२ प्रतिशतले बढेको छ । 

बाँकी सबै समूह घटेका छन् । व्यापार समूह ५ दशमलव ३३ प्रतिशत, होटल समूह २ दशमलव १ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत, वित्त समूह शुन्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूह १ दशमलव ६७ प्रतिशत, लघुवित्त समूह शुन्य दशमलव ५८ प्रतिशत र जीवन बीमा समूह १ दशमलव २१ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको ५८ करोड १३ लाख १७ हजार १ सय ७८ रुपैयाँको कारोबार भएको छ  । 

यस्तै नबिल बैंकको ३८ करोड ३४ लाख ४१ हजार रुपैयाँ बढीको कारोबार भएकोछ  । २० करोड भन्दा माथि कारोबार हुने

कम्पनीहरुमा शिवम सिमेन्ट, नेपाल दुरसञ्चार कम्पनी, नेपाल बैंक, प्रभु बैंक, हिमालयन डिस्टिलरी, र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ ।

बजारमा सबैभन्दा धेरै एनएमबि माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । 

९ प्रतिशत भन्दा धेरै कमाउनेमा पाँचथर पावर कम्पनी, हिमायल उर्जा विकास कम्पनी, आखुखोला जलविद्युत कम्पनी लगायतका कम्पनीका शेयरधनी रहेका छन् । 

बजारमा तिब्र उतारचढाव हुँदा सबैभन्दा धेरै गुमाउनेमा साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य आज ६ दशमलव १८ प्रतिशतले गुमाएका छन् ।