Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर ११ बिहीबार १५:३०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

एस्ट्राजेनिका भ्याक्सिन यसकारण बढी प्रभावकारी

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ११ बिहीबार १५:३०:००

एस्ट्राजेनिका र अक्सफोर्ड युनिभर्सिटीले कोरोना (कोभिड–१९) उपचारका लागि निर्माण गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी रहेको बताएका छन् । हुन त योसँगै फाइजर, मोडर्ना र स्पुतनिक–५ भ्याक्सिनको प्रभावकारिता पनि करिब ९५ प्रतिशत रहेको उत्पादकहरूको दाबी छ । तर, बेलायतसँगै भारतमा पनि परीक्षण भइरहेको एस्ट्रोजेनिका खोप नेपालसहितका देशका लागि निकै प्रभावकारी हुने बताउँदै आइएको छ । एस्ट्राजेनिकाले खोपको प्रभावकारिता खोपको मात्रामा निर्भर रहने बताउँदै आएको छ । दोस्रो डोज खोप दिएका बिरामीमा प्रभावकारिता ९० प्रतिशत रहेको जनाइएको छ ।

एक डोज मात्रै खोप दिँदा कोभिड संक्रमण निको हुने दर ६२ प्रतिशत रहेको एस्ट्राजेनिकाले जनाएको छ । जसलाई विज्ञहरूले राम्रो समाचार भनेका छन् । सामान्यतया एक डोज मात्रै दिँदा पनि संक्रमणविरुद्ध लड्न सक्ने हुँदा खोप धेरैजनामा पु¥याउन सकिन्छ । सामान्यतया सुरुवाती समयमा भ्याक्सिन आपूर्ति गर्नका लागि यो निकै फाइदाजनक हुन सक्छ ।

खोपको आधा डोजले नै संक्रमणविरुद्ध राम्रो प्रतिक्रिया जनाउनुको अर्थ शरीरको प्राकृतिक प्रतिरोधी क्षमतालाई बढी सक्रिय गराउनु हो । जसले शरीरमा एन्टिबडी उत्पादन गर्छ ।

एसिम्टोम्याटिकमा पनि प्रभावकारी
एस्ट्राजेनिका भ्याक्सिन सबै उमेर समूहका लागि प्रभावकारी रहेको पाइएको छ । खासगरी वृद्धवृद्धामा पनि यसको प्रभाव उस्तै देखिनुलाई विज्ञहरूले राम्रो संकेत मानेका छन् । यस्तै लक्षण नदेखिएका बिरामीको शरीरमा पनि भ्याक्सिनको प्रयोगले संक्रमण हटेको पाइएको छ । जुन मोडर्ना र बायोटेक भ्याक्सिनको तुलनामा निकै राम्रो देखिन्छ । अक्सफोर्डको यो भ्याक्सिन भारतमा पनि क्लिनिकल ट्रायल भइरहेकाले नेपालका लागि सस्तो र छिटो पहुँचमा ल्याउन सकिने विज्ञहरूको अनुमान छ ।

भण्डारण गर्न सहज
लगभग ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिरहेको भ्याक्सिन उत्पादन कम्पनी बायोटेक र मोडर्ना क्रमशः माइनस २० र ८० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यो भ्याक्सिन बढीमा ३० दिन भण्डारण गर्न सकिन्छ भने बायोटेकको भ्याक्सिन जम्मा तीन दिन राख्न मिल्छ । यो भ्याक्सिनको तुलनामा एस्ट्रोजेनिका भ्याक्सिन सामान्य तापक्रममा अथवा सामान्य फ्रिजमा भण्डारण गर्न सकिन्छ । जसको अर्थ भ्याक्सिन सजिलै जहाँसुकै पनि प्रयोगमा ल्याउन सकिन्छ । सहज मापदण्ड भएकाले खोप सस्तो पनि पर्न जान्छ । सोमबार एस्ट्राजेनिकाले जारी गरेको विज्ञप्तिमा यो भ्याक्सिन दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने उल्लेख छ ।

सहज पहुँच
नेपालको सन्दर्भमा अमेरिकामा बनिरहेको भ्याक्सिनको तुलनामा भारतमा उत्पादन भइरहेको एस्ट्राजेनिकामाथि सहज पहुँच हुने विज्ञहरूले बताउँदै आएका छन् । एस्ट्राजेनिकाको बजार मूल्य अन्यको तुलनामा निकै कम छ । यसको प्रतिडोज २.५० डलर पर्ने अनुमान छ । ता कि गत साता फाइजरले प्रतिडोज भ्याक्सिनको बजार मूल्य २० अमेरिकी डलर र मोडर्नाको प्रतिडोज मूल्य २५ अमेरिकी डलर पर्ने जनाएको थियो । –एजेन्सीको सहयोगमा