१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार

बागमती सफाई अभियानको ३००औं हप्ता : शनिबार विशेष कार्यक्रम हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार १६:४३:००

बागमती सफाई अभियान सुरु गरिएको ३ सय औं हप्ता पुगेको अवसरमा आगामी शनिबार विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

सरकारले बाग्मती सफाई अभियान सुरु गरिएको ३ सय औं हप्ता पूरा भएको अवसर पारेर आगामी शनिबार प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराएको हो । 

अभियानमा संलग्न संघ, संस्थाहरुलाई सम्मान गर्न र देशभरका सबै स्थानीय तहमा सफाई अभियानको एकैसाथ सुरु गर्न पनि सो कार्यक्रम आयोजना गर्न लागिएको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बाग्मती मनोहरा दोभान शंखमूलमा आयोजना गर्न लागिएको कार्यक्रम बिहान साढे ८ बजे सुरु हुने जानकारी दिए ।

बागमती सफाईबारे अझै जनचेतना जगाउन सहयोग पु¥याउने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको हो । २०७०, ५ जेष्ठबाट सुरु भएको बाग्मती सफाई महाअभियानमा हालसम्म एक हजार ८ सय भन्दा बढी संस्थाहरु सहभागी भईसकेका छन् । त्यसैगरी एक लाख भन्दा बढी स्वयम्सेवीहरुले योगदान गरेका छन् ।