१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ११ बिहीबार ०७:०१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कप्तान मल्लसहित तीन क्रिकेट खेलाडीलाई  कोरोना संक्रमण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ११ बिहीबार ०७:०१:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण देखिएको छ । कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई भाइरस संक्रमण पुष्टि भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

मल्लले बुधबार नै सामाजिक सञ्जाल फेसबुकमार्फत आफू संक्रमित भएको जनाएका हुन् । ‘सुरक्षाका उपाय अपनाउँदा पनि म कोरोना भाइरस संक्रमित भएको छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘भाइरस नफैलियोस् भन्ने उद्देश्यले आइसोलेसनमा बसेको छु । यसलाई कसैले पनि सामान्य रूपमा नलिनुहोला । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशन पालना गर्न अनुरोध गर्दछु ।’ संक्रमण देखिए पनि उनले आफूमा कुनै लक्षण र समस्या महसुस नभएको जनाएका छन् । 

क्यानले बन्द प्रशिक्षणका लागि खेलाडीलाई बोलाएको दिन नै कप्तान र उपकप्तानसहित तीन खेलाडीलाई संक्रमण देखिएको हो । क्यानले बन्द प्रशिक्षणका लागि बुधबारदेखि नै खेलाडीलाई बोलाएको छ । भाइरस संक्रमणका कारण तीन खेलाडी तत्काल बन्द प्रशिक्षणमा सहभागी नहुने भएपछि क्यानले अरू पाँच खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी हुन बोलाएको छ ।

क्यानले विक्रम सोब, अनिल शाह, कुशल भुर्तेल, रीत गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । सिनियर अरू केही खेलाडी पहिलेदेखि नै संक्रमित भई ‘आइसोलेसन’मा रहेका कारण क्यानले बुधबार यी पाँच खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको हो । संक्रमित खेलाडी पनि निको भएपछि बन्द प्रशिक्षणमा फर्कनेछन् ।

१६ खेलाडीको रिपोर्ट क्यानले गोप्य राखेको छ । प्रशिक्षक जगत टमटा, फिटनेस ट्रेनर आशय हत्कर र फिजियो तथा कार्यबाहक व्यवस्थापक विक्रम न्यौपाने र त्रिवि मैदानका स्टाफको पिसिआर परीक्षण गरेको थियो ।

मंगलबार भएको पिसिआर परीक्षणमा शरद भेषवाकरसँगै युवा ब्याट्सम्यान कुशल मल्ल, ओपनर सुवास खकुरेल, तीव्र गतिका बलर करण केसी, स्पिनर सन्दीप लामिछाने र अनुभवी स्पिनर वसन्त रेग्मी सहभागी थिएनन् । क्यानले एक सातासम्म खेलाडीको प्रशिक्षण समाचार रिपोर्टिङान प्रतिबन्ध लगाएको छ । क्यान आफूले नै सबै सञ्चारमाध्यमलाई चाहिने सामग्री प्रदान गर्ने जनाएको छ ।