१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ मङ्सिर १० बुधबार १३:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महोत्तरी बालिका हत्या प्रकरण : निषेधाज्ञाबीच मृतक न्यौपानेको घरअगाडि प्रदर्शन गर्दै स्थानीय

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १० बुधबार १३:३६:००

बालिकाको हत्या भएपछि तनावग्रस्त बनेको महोत्तरीको बर्दिबासमा आज पनि तानव जारी रहेको छ । 

मंगलबार प्रहरीको गोली लागेर पहिला घाइते भएका र पछि मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेको बर्दिबासमा रहेको उनको घरअगाडि स्थानीय जम्मा भएर विरोध प्रदर्शन गरेका छन् । 

मृतक न्यौपानेको घर बर्दिबासस्थित ट्राफिक कार्यालयछेउमा रहेको छ ।

स्थानीय प्रशासनले बर्दिबासमा निषेधाज्ञा जारी गरेको भए पनि डेढ–दुई सयजना जति स्थानीय जम्मा भएर मृतकको घरअगाडि प्रदर्शन गरेका हुन् ।

बर्दिबास क्षेत्रमा राजमार्ग बन्द रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्र राजमार्गको यस क्षेत्रबाट हुँदै सवारीसाधन आवत–जावत गर्न सकेका छैनन् । 

७ गते आइतबार साँझ बर्दिबास– १४ सुगमबस्ती बस्ने सादिम आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुन बेपत्ता भएकी थिइन् । उनको शव भने सोमबार मध्यरातमा भेटिएको थियो । 

हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा बर्दिबास– १४ सुगमबस्तीमै पर्ने सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घरपछाडिको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको थियो ।

त्यसपछि स्थानीयले हत्याको आरोपीमाथि कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।