मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ मङ्सिर १० बुधबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेपत्ता पारिएका व्यक्तिको छानबिन सुरु

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ मङ्सिर १० बुधबार ११:५७:००

बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगले कर्णाली तथा सुदूरपश्चिममा अनुसन्धान थालेको छ । जनयुद्ध, जनआन्दोलन तथा विभिन्न कारणले बेपत्ता भएका व्यक्तिहरूको अनुसन्धान आयोगले सुरु गरेको हो ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी जिल्लामा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनका लागि बेपत्ता भएका परिवारसँग भेटेर नै छानबिन गर्न आयोगका सदस्यहरू अहिले कर्णाली र सुदूरपश्चिम क्षेत्रमा रहेका छन् ।

पहिलोपटक आयोगले बेपत्ता पारिएका व्यक्तिहरूको परिवारसँग भेटेर उनीहरूको अवस्था र घटनाका विषयमा जानकारी लिन चारवटा टोली अहिले कर्णाली र सुदूरपश्चिममा खटिएको आयोगका प्रवक्ता डा. गंगाधर न्यौपानेले जानकारी दिए । ‘हामी पहिलोपटक बेपत्ता भएका परिवारका सदस्यहरूलाई भेटेर बेपत्काता अवस्था उनीहरूका बारेमा अनुसन्धान थालेका हौँ ।’

बेपत्ता पारिएका परिवारले परिचयपत्र पाउने

जनयुद्ध, जनआन्दोलन तथा विभिन्न कारणले बेपत्ता भएका परिवारका सदस्यलाई बेपत्ता पारिएका व्यक्तिकोे छानबिन आयोगले परिचयपत्र दिने भएको छ ।

बेपत्ता भएका परिवारका सदस्यहरूलाई परिचयपत्र दिने आयोगका प्रवक्ता डा. न्यौपानेले बताए । ‘आयोग गठन भएको लामो समयमा केही काम हुन सकेन,’ उनले भने, ‘हामीले उनको परिवारका सदस्यलाई परिचयपत्र दिने र सरकारी सहुलियतका पहल थाल्ने योजना रहेको छ ।’

परिचयपत्र वितरण एक–दुई महिनाभित्रैमा वितरणको काम सुरुवात गरिने प्रवक्ता डा. न्यौपानेले बताए । 

परिचयपत्र वितरणका लागी विशेष लक्ष्य सुदूरपश्चिम र कर्णाली प्रदेशलाई बनाएर काम अगाडि बढाइने आयोगका सदस्य सरिता थापाले बताइन् ।

उनले भनिन्, ‘सुदूरपश्चिमको कञ्चनपुर जिल्ला र कर्णाली प्रदेशको कालिकोट जिल्लालाई पहिलो चरणमा परिचयपत्र वितरण गरिनेछ । यी जिल्लामा बेपत्ताको संख्या बढी छ ।’