मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस नयाँदिल्ली
२०७७ मङ्सिर १० बुधबार ११:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा कोरोना संक्रमणबाट एकैदिन चार सय ८१ को निधन 

Read Time : < 1 मिनेट
रासस नयाँदिल्ली
२०७७ मङ्सिर १० बुधबार ११:१८:००

भारतमा कोरोना संक्रमणबाट गएकाे २४ घन्टामा थप चार सय ८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

योसहित भारतमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या एक लाख ३४ हजार ६ सय ९९ पुगेको छ ।

भारतमा विगत २४ घन्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख २२ हजार पुगेको छ जसमध्ये ८६ लाख ४२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार हाल चार लाख ४५ हजार व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकैदिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार अठारौँ दिन हो । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १३ करोड ४८ लाख ४१ हजार नमुना परीक्षण गरेको जनाएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सरकारले कोभिड– १९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताए ।  

उनले भने, ‘सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरूसँग छलफल गरिरहेका छौँ । हामी विश्वका अरू नियामकहरू, सरकारहरू, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौँ । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौँ ।’ प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।