मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १८:५७:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

दशककै एसोसिएट उत्कृष्ट खेलाडीको मनोनयनमा पारस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १८:५७:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का आइसिसीको एसोसिएटतर्फ दशक वर्ष खेलाडीको मनोनयनमा परेका छन् । एसोसिएटतर्फको एक दशकको समीक्षा गर्दै आइसिसीले पारसलाई यस विधामा समावेश गरेको हो । आइसिसीले मंगलबार आफ्नो वेभ पोर्टलमा सबै विधाका उत्कृष्ट खेलाडी सार्वजनिक गरेको छ । 

२०१० देखि २०२० सम्म गरेको प्रदर्शन आधारमा पारस एसोसिएटतर्फ मनोनयनमा परेको आइसिसीले जनाएको छ । आइसिसीे यसलाई अवार्ड अफ द डिकेड भनेको छ । पारससँगै मनाेनयनमा स्कटल्यान्डका तीन खेलाडी छन् । काइज कोएटजर, कोलम म्याकल्यान्ड र रिची वेरिङटन छन् । यसैगरी पपुवान्युगिनीका असद भला र नेदरल्यान्डका पिटर बारेन मनोनयनमा परेका छन् । 

उत्कृष्ट खेलाडी अनलाइन भोटिङ आधारमा हुनेछ । आइसिसी अनुसार पारसको लिंकमा गएर समर्थकले भोटिङ गर्न सकिन्छ । नेपाली क्रिकेट टोलीले एकदिवसीय मान्यता पारसकै कप्तानीमा प्राप्त गरेको हो । दुई वर्षअघि जिम्बाबेमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा नेपाल प्ले फअमा स्थान बनाउँदै चार वर्षको अस्थायी एकदिवसीय मान्यता प्राप्त गरेको थियो । आइसिसीको गत वर्षको कार्यकारी कमिटीको बैठकले नेपालको एकदिवसीय मान्यता २०२३ सम्म थप गरेको छ । 

पारसले एक दशकभन्दा लामो कप्तानीको जिम्मेवारी सम्हाल्दा नेपाललाई डिभिजन–५ बाट एकदिवसीय यात्रासमेत गराए । ६ फिट ३ इन्च अग्ला पारस अलराउन्ड प्रदर्शन गर्छन् । सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० विश्वकप क्रिकेट प्रतियोगिता उनकै कप्तानीमा सम्भव पारेको थियो । सन् २०१३ को एसिसी टी–२० कप प्रतियोगिताको म्याद अफ दी सिरिज घोषित भएका पारसले २०१८ मा नेदरल्यान्डविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । 

यसैगरी २०१४ मा उनले हङकङविरुद्ध टी–२० खेलमा डेब्यु गरे । पारसले आफ्नो करिअरमा एकपटक अर्धशतक तथा एकपटक शतकीय इनिङ्स खेलेका छन् । उनले १५ टी–२०, दुईपटक पहिलो श्रेणीको क्रिकेट तथा ४० लिस्ट ए क्रिकेट खेलेका छन् । विनोद दासलाई विस्थापित गरी २००९ मा कप्तानी जिम्मेवारी सम्हालेका पारसले ०७६ मा कप्तानी छाडेका थिए । २००२ मा यू–१५ क्रिकेटबाट करिअर थालनी गरेका पारस घरेलु क्रिकेटकै आइकोनिक खेलाडीमा पर्छन् । 

आइसिसीले भारतका विराट कोहली, रविचन्द्रन आश्विन, इंग्ल्यान्डका जोए रुट, न्युजिल्यान्डका केन विलियम्सन, अस्ट्रेलियाका स्टिभ स्मिथ, दक्षिण अफ्रिकाका एबी डिभिलियर्स तथा श्रीलंकाका कुमार संगाकारालाई शीर्ष राष्ट्रतर्फको प्लेयर अफ डिकेडका लागि मनोनयन गरेको छ । 

यसैगरी दशकको एकदिवसीय खेलाडीमा कोहली, लथिस मलिंगा, मिसेल स्टार्क, भिलियर्स, रोहित शर्मा, महेन्द्रसिंह धोनी तथा संगाकारालाई मनोनयनमा परेका छन् । यता कोहली, रुट, विलियम्सन, स्मिथ, जेम्स एडरेसन, यासिर साह टेस्ट प्लेयर अफ डिकेडमा परेका छन् । टी–२० मा रसिद खान, कोहली, इमरान ताहिर, आरोन फिन्च, क्रिस गेल तथा रोहित शर्मा परेका छन् ।