१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १२:४५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बन्द प्रशिक्षणअघि क्रिकेट खेलाडीको स्वाब संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार १२:४५:००

अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीको आज पिसिआर परीक्षणका लागि स्वाब लिइएको छ । 

कोरोना संक्रमणको जोखिमबीच अभ्यास सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी, प्रशिक्षक र व्यवस्थापकको स्वाब लिएको हो । 

आज टिम मेम्बर, फिजियोथेरापी र प्रशिक्षक गरी १९ जनाको पिसिआर परीक्षणका लागि स्वाब लिइएको छ । 

यसैगरी १३ जना मेन्टेनेन्स स्टाफको पनि पिसिआर परीक्षण गरिने भएको छ । उनीहरूको पनि आज नै स्वाब लिइएको छ । 
सबैको स्वाब संकलन कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको हो ।

बन्द प्रशिक्षण भोलि (बुधबार) बाट सुरु हुँदै छ । बन्द प्रशिक्षणका लागि क्यानले २२ जना खेलाडीलाई बोलाएको छ । 

कोरोना भाइरस महामारीको कारण नेपालले नाै महिनापछि बन्द प्रशिक्षण हुन लागेको हो । प्रशिक्षक जगत टमटाले प्रशिक्षण दिनेछन् । 

बन्द प्रशिक्षणका लागि कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, शरदह भेषवाकर, करण केसी, वसन्त रेग्मी, विनोद भण्डरी र सोमपाल कामीलाई बोलाइएको छ । 

यस्तै सुसन भारी, ललितनारायाण राजवंशी, आरिफ शेख, पवन सराफ, अविनाश बोहरा, सुवास खकुरेल, रोहितकुमार पौडेल र कुशल मल्ललाई पनि प्रशिक्षणका लागि बोलाइएको छ । 

यसैगरी राशिद खान, कमलसिंह ऐरी, सन्दीप जोरा, किशोर महतो र भुवन कार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।