मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार ११:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रत्नपार्कको नाम परिवर्तन नगर्न भन्दै राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार ११:४२:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनसम्बन्धी ज्ञापनपत्र बुझाइएको हाे ।

काठमाडौं महानगरपालिकाले तत्कालीन श्री ५ महेन्द्रको जीवनसंगिनी, राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहनुभएकी मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरू कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनुपर्ने पात्र नभएको बताइएको छ ।

काठमाडाैं महानगरपालिकालाई यो कार्य तत्काल सच्याउन मागसमेत गरिएको छ ।

शंखधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनुपर्ने राप्रपाको माग रहेको छ ।

ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका थिए ।