मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर ९ मंगलबार ०५:३१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटी एक्सप्रेसलाई अमेरिकाको पपुलारिटी अवार्ड

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ९ मंगलबार ०५:३१:००

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्डस् २०२० मा ‘पपुलारिटी अवार्ड’  जित्न सफल भएको छ । कम्पनीले संसारभरका ३१ प्रतिस्पर्धीलाई पछि पार्दै अवार्ड हात पारेको हो ।

 रेमिट्यान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ति अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलोपटक भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले रेमिट्यान्स क्षेत्रमा प्रभावकारी एवं कानुनी उत्तरदायित्व वहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएकाले अवार्ड जित्न सफल भएको जनाएको छ ।

अवार्ड प्राप्त गर्नाले सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको जनाएको छ । अबका दिनमा झन् चुस्त, दुरुस्त, छिटो–छरितो एवं प्रभावकारी गराउन कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरूबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरूलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महसुस गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो–छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।