मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार ०९:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिग्देलको उपन्यास ‘सेकुवा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ९ मंगलबार ०९:०६:००

कृष्णदीप सिग्देलद्वारा लिखित उपन्यास ‘सेकुवा’ प्रकाशित भएको छ । रोमाञ्चक स्वैरकल्पनासहितको उपन्यास शैली र प्रस्तुतिको कारणले पनि किशोर पाठकका लागि आकर्षक रहेको प्रकाशक सांग्रिला बुक्सले जनाएको छ ।

‘नेपाली साहित्यमा बालबालिका र वयस्क पाठकका लागि प्रशस्त सामग्री उपलब्ध भए पनि किशोर उमेर समूहका लागि जति लेखिनुपर्ने हो त्यति लेखिएको छैन । सेकुवा उपन्यासले त्यही अभाव पूर्तिको काम गर्नेछ,’ सांग्रिला बुक्सले भनेको छ । 

उपन्यास किशोरकिशोरीका लागि एउटा महत्वपूर्ण कोसेली रहेको लेखक सिग्देल बताउँछन् । ‘किशोर–किशोरी लक्षित किताबकै खडेरी भएको अवस्थाका लागि यो पूर्ण समाधान त होइन, तर अभावपूर्तिका लागि एउटा प्रयास भने पक्कै हो,’ उनले भने ।