१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
विश्वराज पछल्डङ्ग्या
२०७५ माघ २४ बिहीबार ११:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

वैशाखदेखि नेपालगन्जको फोहोर अत्याधुनिक ल्यान्डफिल साइटमा

Read Time : < 1 मिनेट
विश्वराज पछल्डङ्ग्या
२०७५ माघ २४ बिहीबार ११:३३:००

आगामी वैशाखदेखि नेपालगन्जको फोहर अत्याधुनिक ल्यान्डफिल साइटमा व्यवस्थापन गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका–२३, उदयपुरमा निर्माण भइरहेको ल्यान्डफिल साइटको काम अहिलेअन्तिम चरणमा पुगेको र १ वैशाखदेखि सोही ठाउँमा फोहर व्यवस्थापन गर्ने तयारी भएको हो । सो ल्यान्डफिल साइटको काम ८६ प्रतिशत सम्पन्न भएको छ । 

 महत्वपूर्ण संरचना निर्माण
सहरी विकास आयोजनाका इन्जिनियर शैलेन्द्र महर्जनले आगामी वैशाखदेखि फोहर व्यवस्थापनका लागि प्रक्रिया सुरु भएको बताएका छन् । ‘भौतिक संरचना निर्माणको काम पूरा भइसकेको छ ।’ ल्यान्डफिल साइटमा जम्मा पारिएका फोहर छुट्याउने, फोहर पानी र फिल्टर गरिएको पानी फाल्ने ट्यांकी निर्माण पनि सम्पन्न भइसकेको इन्जिनियर महर्जनले बताए । ‘सड्ने र नसड्ने फोहर छुट्याउन प्रयोग गरिने कन्भेयर बेल्ट उपकरण आयोजना स्थलमा आइसकेको छ, केही दिनपछि जडान सुरु हुन्छ,’ उनले भने । उनका अनुसार ल्यान्डफिल साइटमा नेपालगन्ज नगरका शौचालयबाट लगिएको फोहर भण्डारण गर्ने ट्यांकी निर्माण भइसकेको छ । ‘गाडीबाट फोहर खसाल्ने -याम्प निर्माण पनि अन्तिम चरणमा पुगेको छ,’ इन्जिनियर महर्जनले भने ।

 १२ वटा ई–रिक्सा र ११ हजार डस्टबिन ल्याइयो
आयोजनाले ल्यान्डफिल साइटका लागि आवश्यक १२ ई–रिक्सा ल्याएको छ । फोहर संकलनका लागि ११ हजार थान डस्टविन पनि ल्याइसकेको नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए । नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रशासकीय अधिकृत हरि प्याकुरेलका अनुसार फोहर बोक्ने चारवटा टिपर र एउटा ट्यांकर नेपालगन्ज भन्सार कार्यालयमा आइसकेका छन् । नेपालगन्जमा निर्माणाधीन ल्यान्डफिल साइटमा दैनिक २४ टन फोहर भण्डारण गर्ने क्षमता छ ।