१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस काभ्रे
२०७७ मङ्सिर ८ सोमबार १६:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशासन भाषणमा कुर्लने हाेइन, व्यवहारमा पुष्टि गरौँ : पूर्वमन्त्री बाँस्कोटा

Read Time : < 1 मिनेट
रासस काभ्रे
२०७७ मङ्सिर ८ सोमबार १६:०४:००

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भाषणमा सुशासन भन्नेलाई व्यवहारमा पुष्टि गर्न आग्रह गरेका छन् । 

पनौती नगरपालिका– ८ स्थित भालेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे तीन भवन शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले भाषणमा सुशासनका ठूला कुरा गरेर सुशासन नहुने बताए । ‘भाषणमा ठूला कुरा गरेर हुँदैन, दोषी हो भने कारबाही गर्नुपर्छ, लोकतन्त्रमा कसैलाई उन्मुक्ति दिनुहुँदैन,’ उनले भने ।   

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री बाँस्कोटाले वर्तमान सरकार सुशासन कायम राख्न उद्यत् रहेको बताए । ‘हामी सुशासन चाहन्छौँ, भाषणमा कुर्लने हाेइन, सुशासन व्यवहारमा पुष्टि गरेर देखाउनुस्,’ उनेले भने । 

यसअघि उनले विद्यालयमा स्थापित आइसिटी ल्याबको उद्घाटन गरेका थिए । कार्यक्रममा पूर्वराज्यमन्त्री रेशम लामा, प्रतिनिधिसभा सदस्य गंगाबहादुर दोङ, बागमती प्रदेश सभा सदस्यद्वय बसुन्धरा हुमागाईं र चन्द्र लामा, पनौती नगरप्रमुख भीम न्यौपाने र  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीलगायतले शुभकामना व्यक्त गरेका थिए ।