Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एपी
२०७७ मङ्सिर ८ सोमबार १४:०९:००
Read Time : < 1 मिनेट
विश्व

बाइडेन प्रशासन : अमेरिकी विदेशमन्त्रीमा एन्टोनी ब्लिन्केनको सम्भावना 

Read Time : < 1 मिनेट
रासस/एपी
२०७७ मङ्सिर ८ सोमबार १४:०९:००

अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी विदेशमन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेननिकट स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेशमन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् ।

ओबामा प्रशासनका समयमा ब्लिन्केनले उपविदेशमन्त्री तथा राष्ट्रिय उपसुरक्षा सल्लाहकारको भूमिका निर्वाह गरिसकेका छन् । ट्रम्प प्रशासनका चार वर्षमा अमेरिकी विदेश नीतिमा आएको ह्रासलाई सच्याएर नयाँ रूपमा संयुक्त राज्य अमेरिकालाई उभ्याउनुपर्ने चुनौती ब्लिन्केनमाथि हुनेछ ।  बाइडेनले आफ्नो प्रशासनमा ल्याउन चाहेका दुई व्यक्तिहरू सुशान राइस र सिनेटर क्रिस कुन्सबारे भने सिनेटको सुनुवाइमा धेरै जटिलता सामना गर्नुपर्ने हुन सक्छ ।

राइसका बारेमा सिनेटमा रिपब्लिकन पार्टीले अवरोध सिर्जना गर्ने सम्भावना छ । लिबियाको बेन्गाजीमा अमेरिकी दूतावासमा भएको आक्रमणबारे राइसले दिएको अभिव्यक्तिबारे रिपब्लिकन पार्टीले असन्तोष जनाउँदै आएको छ । 

सिनेटमा डेमोक्रेटको बहुमत नभएकाले पनि बाइडेनले मनोनयन गर्ने मन्त्रीहरू र अन्य महत्वपूर्ण पदमा सिनेटमा कडा प्रश्नहरूको सामना गर्नुपर्नेछ र सुनुवाइमा पनि ढिलाइ हुन सक्नेछ । 

तर, जोर्जिया राज्यमा आगामी ५ जनवरीमा हुने चुनावमा डेमोक्रेट विजयी भएमा सिनेटमा डेमोक्रेट पार्टीको बहुमत पुग्नेछ । बाइडेनले आफ्नो मन्त्रिपरिषदमा हुने छनाेटमा विशेष रूपमा अहिले ध्यान दिइरहेका छन् । खासगरी अर्थतन्त्र, राष्ट्रिय सुरक्षा वा जनस्वास्थ्यजस्ता पदहरू निकै महत्वपूर्ण हुनेछन् ।