मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ७ आइतबार २०:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं, भक्तपुर र धनुषाका सिडिओ फेरिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ७ आइतबार २०:४७:००

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । काठमाडौं, भक्तपुर र धनुषाका सिडिओ हेरफेर भएका हुन् । 

गृहमा कार्यरत कालीप्रसाद पराजुलीलाई काठमाडौं पठाइएको छ । धनुषामा कार्यरत प्रेमप्रसाद भट्टराईको भक्तपुर तथा डडेल्धुरामा कार्यरत बन्धु बाँस्तोलाको धनुषाको सिडिओमा सरुवा भएको गृह मन्त्रालयले जनाएको छ । 

काठमाडौंका जनकराज दाहाल र भक्तपुरकी हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।