मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर ७ आइतबार १४:५१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

ललितपुरमा कोरोना संक्रमण निको हुने संख्यामा वृद्धि

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार १४:५१:००

ललितपुरमा कोरोना संक्रमण निको हुनेको संख्या बढेको छ । 

जिल्लाभर रहेका कुल ११ हजार ६ सय ९० संक्रमितमध्ये नौ हजार ६ सय तीनजनाले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । 

जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार नौ सय ६९ र मृतकको संख्या एक सय १८ पुगेको कार्यालय प्रमुख डा‍‍. खगेश्वर गेलालले जानकारी दिए । 

ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको संख्या बढेको छ । महानगरपालिकामा रहेका कुल सात हजार ७२ संक्रमितमा पाँच हजार नौ सय २६ घर पठाइसकेको कोभिड स्थानीय स्रोतव्यक्ति देवी गुरुङले बताए । उनले भने, ‘महानगरपालिकामा सक्रिय संक्रमित संख्या एक हजार ४५ र मृतकको संख्या ४८ पुगेको छ ।’

त्यसैगरी गोदावरीमा आजसम्म कुल कोरोना संक्रमित संख्या आठ सय ९९ र यसमा निको भएर घर फर्कनेको संख्या ६ सय ८१ पुगेको नगरपालिकाले जनाएको छ । 

गोदावरीमा सक्रिय संक्रमित दुई सय चार र मृतकको संख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए । 

महालक्ष्मी नगरपालिमा संक्रमित संख्या एक हजार पाँच सय ४६ र यसमा संक्रमणमुक्त भई स्वास्थ्यलाभ गर्नेको संख्या एक हजार तीन सय पुगेको छ । नगरपालिमा सक्रिय संक्रमित दुई सय ३४ र मृतकको संख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ । 

कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिकाका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए ।  यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । 

गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महांकालमा कोरोना संक्रमित संख्या १७ पुगेको छ । तीमध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ ।

महांकालका एक व्यक्ति होम आइसोलेसन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, ‘गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।’ 

 बागमतीमा कोरोना संक्रमितको संख्या बढी नै रहेको छ । यति नै बढ्यो भनेर यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए ।

महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि ६–६ जनाको टोली खटाएर भिडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरीसमेत कायम गर्न लगाइरहेको स्राेत गुरुङले जानकारी दिए ।