मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर ७ आइतबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाद्वारा हुम्लामा बम डिस्पोज

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार १४:०४:००

कृषि विकास कार्यालय हुम्लाको प्रवेशद्वार र कार्यालय जाने मूलगेटमा भेटिएका दुईवटा सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

आइतबार बिहान सिमकोट बजारको लोकतान्त्रिक चौकनजिक रहेको कृषि विकास कार्यालयको प्रवेशद्वार जाने बाटो दुई पोका शंकास्पद वस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल उक्त क्षेत्र नियन्त्रण लिएको  थियो । 

कार्यालयको मूलगेटमा भेटिएका सकेट बम सिमकोट गाउँपालिका– ५ को भदाले भन्ने खाली ठाउँमा नेपाली सेनाले डिस्पोज गरेको छ ।  

हुम्ला–कृषि विकास कार्यालय, हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा भेटिएको दुईवटा सकेट बम नेपाली सेनाले सिमकोेट गापा– ५ को भदाले भन्ने खाली ठाउँमा डिस्पोज गरेको छ ।

केही समय उक्त क्षेत्रलाई सिल गरी आवतजावतमा रोक लगाएर नेपाली सेना नयाँ भैरवी दल गुल्ममा बम डिस्पोज टोलीले तत्काल उक्त शंकास्पद वस्तुलाई नियन्त्रणमा लिएर सकेट बम डिस्पोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले दिएका छन् ।