१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ मङ्सिर ७ आइतबार १२:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ मङ्सिर ७ आइतबार १२:१५:००

कोरोना संक्रमणबाट विराटनगरमा जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको निधन भएको छ । 

सप्तरीको राजविराज स्थायी घर भएका ५२ वर्षीय गौरीशंकरको शनिबार राति उपचारका क्रममा विराटनगरमा निधन भएको हो । 

उनी सिराहा जिल्लाको कल्याणपुर नगरपालिकामा स्वास्थ्य महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । उनी नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिवसमेत थिए । 

कोरोना  संक्रमण भएपछि अधिकृत देव १५ कात्तिकदेखि विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत थिए । 

आइसियूमा उपचार भइरहेका वेला शनिबार राति उनको निधन भएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दहालले जानकारी दिए ।  

स्वास्थ्य महाशाखा प्रमुख तथा स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव देवको कोरोना संक्रमणबाट निधन भएपछि उनको शोकमा कल्याणपुर नगरपालिकाले आइतबार सार्वजनिक बिदाको घोषणा गरेको स्वास्थ्य अधिकृत जयराम यादवले बताए ।