मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस चितवन
२०७७ मङ्सिर ७ आइतबार ११:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरेन्द्र पाण्डेमाथि भएकाे दुर्व्यवहार छानबिन गर्न नेकपा चितवनको माग

Read Time : < 1 मिनेट
रासस चितवन
२०७७ मङ्सिर ७ आइतबार ११:५०:००

पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि भएकाे दुर्व्यवहारकाे छानबिन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले माग गरेको छ । 

पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्न माग गरिएको छ ।

पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न  खोजेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ ।’