मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस/एएनआई
२०७७ मङ्सिर ६ शनिबार १६:१७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

जर्मनीमा कोरोना संक्रमण दर फेरि बढ्यो, एकैदिन २३ हजार संक्रमित थपिए

Read Time : < 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर ६ शनिबार १६:१७:००

जर्मनीमा पछिल्लो २४ घन्टामा २३ हजार कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घन्टामा जर्मनीमा २२ हजार नौ सय ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

जर्मनीमा कोरोन संक्रमितको कुल संख्या नौ लाखभन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार पाँच सय २८ जना संक्रमित भएका छन् । 

जर्मनीमा कोरोना संक्रमित भएर एकैदिनमा दुई सय ५४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म मृत्यु भएकाहरूको संख्या १३ हजार आठ सय ८४ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।  

संक्रमुक्त भइसकेकाहरूको संख्या अहिलेसम्म पाँच लाख ९३ हजारभन्दा बढी रहेको छ । विश्व स्वास्थ्य संगठनले ११ मार्चदेखि विश्वभरि कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको हो । कोरोनाका कारण अहिलेसम्म विश्वभरि पाँच करोड ७९ लाख १५ हजार पाँच सय ५९ जना संक्रमित भएका छन् भने १३ लाख ७७ हजार आठ सय २६ जनाको मृत्यु भएको छ ।